नेपाली बजारमा आज सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा ३ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो ।
भाउ बढेसँगै आज सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि हिजो सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ मा कारोबार भएको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार पनि सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको मूल्यसमेत बढेको छ। चाँदी तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरू बताउँछन् ।