बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ९० रुपैयाँ थियो ।