नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ४ हजार ८०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको भाउ प्रतितोला ३ हजार ४०० रुपैयाँले बढेर ३ लाख ५ हजार ८०० रुपैयाँ पुगेको थियो ।
यसअघि बुधबार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार भने सुनको भाउ ३ हजार ५०० रुपैयाँले बढेर ३ लाख ५ हजार ४०० रुपैयाँ पुगेको थियो ।
त्यसैगरी, सोमबार सुनको भाउ प्रतितोला २ हजार ४०० रुपैयाँले घटेर ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। आइतबार पनि सुनको भाउ प्रतितोला ३ हजार १०० रुपैयाँले घटेर ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २५५ रुपैयाँले घटेर ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको भाउ प्रतितोला ४ हजार ८५५ रुपैयाँ थियो ।