वीरगंजस्थित सिटी स्कुल अफ् वीरगंजमा विद्यार्थीको सिर्जनशीलता, लेखन क्षमता तथा कलात्मक प्रतिभा विकास गर्ने उद्देश्यले अङ्ग्रेजी हस्तलेखन तथा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ ।
विद्यालयको विवरणअनुसार २०८३ भदौ २६ गते आयोजित कार्यक्रममा कक्षा १० का विद्यार्थीबीच अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता सञ्चालन गरिएको थियो । यस्तै, कक्षागत रूपमा चित्रकला प्रतियोगितासमेत आयोजना गरिएको थियो ।
प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो लेखनशैली, अक्षरको सुन्दरता, चित्रकलामार्फत प्रस्तुत गर्ने क्षमता तथा सिर्जनात्मक सोच प्रदर्शन गरेका थिए । यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको पढाइसँगै उनीहरूको प्रतिभा पहिचान र व्यक्तित्व विकासमा सहयोग पुग्ने विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक राजन यादवको नेतृत्वमा कार्यक्रम सञ्चालन भएको थियो । विद्यालय समन्वयकर्ता अनिल कुशवाहाले प्रतियोगिताको समन्वय गरेका थिए ।
प्रतियोगितामा विभिन्न कक्षाका गरी जम्मा २१ जना विद्यार्थी सहभागी भएको विद्यालयको विवरणमा उल्लेख छ । विद्यालयले विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा शैक्षिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ ।