शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
धर्म संस्कृति
  • गृहपृष्ठ
  • धर्म संस्कृति
  • आज दर खाँदै नेपाली महिला, भोलिदेखि तीजको व्रत
आज दर खाँदै नेपाली महिला, भोलिदेखि तीजको व्रत
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, भदौ २८, २०८३
A1 Beakery Add A1 Beakery Add

हरितालिका तीज पर्वको तयारीस्वरूप नेपाली महिलाले आइतबार दर खाने भएका छन् । भाद्र शुक्ल द्वितीयाका दिन बेलुकी दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुने धार्मिक परम्परा छ । तीजको व्रतका दिन निराहार बस्ने भएकाले त्यसको अघिल्लो दिन बर्तालुले शरीरलाई आवश्यक ऊर्जा पुग्ने गरी विभिन्न पौष्टिक तथा आडिला परिकार खाने चलन छ । विशेषगरी माइती पक्षले छोरी, चेली, दिदीबहिनीलाई घरमा बोलाएर दर खुवाउने परम्परा रहँदै आएको छ । दरमा दूध तथा दूधबाट बनेका परिकार, घिउ, रोटी लगायतका खानेकुरा खाने गरिन्छ । धर्मशास्त्रविद्हरूका अनुसार दर रातको दुई भाग बित्नुअघि नै खाइसक्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।  

 

तीजलाई धार्मिक पर्वसँगै महिलाले आफ्ना सुख, दुःख, पीडा र सामाजिक अनुभव अभिव्यक्त गर्ने अवसरका रूपमा पनि लिने गरेका छन् । तीजका गीत तथा सांस्कृतिक प्रस्तुतिमार्फत महिलाले पारिवारिक तथा सामाजिक जीवनमा भोगेका अनुभव सार्वजनिक गर्ने परम्परा पुरानै हो । विवाहपछि कर्मघर पुगेका महिलाले माइती तथा साथीभाइसँग भेटघाट गर्दै वर्षभरिका सुख–दुःख साटासाट गर्ने भएकाले तीज सामाजिक सम्बन्ध पुनःस्थापित गर्ने पर्वका रूपमा पनि स्थापित भएको छ । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

पछिल्ला वर्षमा तीजको मौलिक संस्कृतिभन्दा तडकभडक र प्रदर्शनमुखी गतिविधि बढेको भन्दै संस्कृतिविद् तथा समाजशास्त्रीहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । एक महिनाअघिदेखि नै दर खाने, महँगा गरगहना तथा पोसाक प्रदर्शन गर्ने र भोजभतेरलाई प्राथमिकता दिने प्रवृत्तिले तीजको मूल उद्देश्य ओझेलमा पार्न थालेको उनीहरूको भनाइ छ । यस्तो प्रवृत्तिले आर्थिक रूपमा कमजोर वर्गमा हीनभावना सिर्जना गर्न सक्ने भएकाले पर्वलाई सरल र मौलिक रूपमा मनाउनुपर्नेमा जोड दिइएको छ । धर्मशास्त्रविद्हरूका अनुसार शास्त्रीय रूपमा भने भाद्र शुक्ल द्वितीयाको बेलुकी मात्रै दर खाने समय मानिन्छ । तृतीयाका दिन निराहार व्रत बस्नुपर्ने भएकाले त्यसअघि शरीरलाई आवश्यक ऊर्जा उपलब्ध गराउन दर खाने परम्परा विकास भएको बताइन्छ । सरकारी तथा सार्वजनिक संस्थाहरूमा समेत तीजका नाममा लामो समयअघिदेखि कार्यक्रम र भोज आयोजना गर्ने प्रवृत्ति बढेकामा पनि आलोचना हुने गरेको छ । संस्कृतिको संरक्षण गर्ने जिम्मेवारी बोकेका संस्थाले नै अनावश्यक तडकभडकलाई प्रोत्साहन गर्न नहुने संस्कृतिविद्हरूको तर्क छ ।

 

आइतबार बेलुकी दर खाएपछि सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । भाद्र शुक्ल तृतीयाका दिन हरितालिका व्रत तथा भगवान् शिवको पूजा गरिन्छ भने चौथीका दिन गणेशको पूजा गर्ने परम्परा छ । पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्व समापन हुने धार्मिक मान्यता छ । हरितालिका तीजको धार्मिक तथा पौराणिक सम्बन्ध भगवान् शिव र पार्वतीसँग जोडिएको छ । पौराणिक कथाअनुसार हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पति पाउन कठोर तपस्या गरेकी थिइन् । पार्वतीका पिता हिमालयले उनको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूले उनलाई लुकाएर सुरक्षित स्थानमा लगेका थिए । त्यही स्थानमा पार्वतीले निराहार व्रत बसेर शिवलाई पति रूपमा प्राप्त गरेको धार्मिक कथन छ । साथीहरूले पार्वतीलाई हरण गरेर लुकाएकाले यस पर्वलाई ‘हरितालिका’ भनिएको धार्मिक व्याख्या पाइन्छ । त्यसै घटनाको स्मरणमा भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीजको व्रत बस्ने परम्परा चलेको मानिन्छ ।

तीजका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा महिलाको ठूलो भीड लाग्ने गर्छ । यस अवसरमा महिलाहरू माइती, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी सुख–दुःख साट्ने गर्छन् । पछिल्लो समय तीज नेपालमा मात्रै सीमित नरही छिमेकी मुलुक भारतलगायत विभिन्न स्थानमा समेत मनाउन थालिएको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालको विस्तारसँगै तीजका गीत तथा सांस्कृतिक गतिविधिको पहुँचसमेत फराकिलो भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  ११:३५
#धार्मिक पर्व #भगवान शिव #नेपाली संस्कृति #हरितालिका तीज #ऋषि पञ्चमी #तीज #दर खाने दिन #तीज पर्व #महिला पर्व #हरितालिका व्रत
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप धर्म संस्कृति
मधेसमा मृत्यु भोजको परम्परा : शोकसँगै परिवारमाथि आर्थिक भार
मधेसमा मृत्यु भोजको परम्परा : शोकसँगै परिवारमाथि आर्थिक भार मंगलबार, कात्तिक १०, २०८३
महासप्तमीमा फूलपाती भित्र्याइयो, जिराभवानीमा व्रतालुलाई जुस र पानी वितरण
महासप्तमीमा फूलपाती भित्र्याइयो, जिराभवानीमा व्रतालुलाई जुस र पानी वितरण शनिबार, असोज ३१, २०८३
फूलपातीको रौनक शक्तिपिठहरु भक्तजनको घुइँचो (तस्बिरहरू)
फूलपातीको रौनक शक्तिपिठहरु भक्तजनको घुइँचो (तस्बिरहरू) शनिबार, असोज ३१, २०८३
पूर्वराजाको दसैं सन्देश : स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा लागौं
पूर्वराजाको दसैं सन्देश : स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा लागौं शुक्रबार, असोज ३०, २०८३
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती बिहीबार, असोज २९, २०८३
बडादसैंको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै
बडादसैंको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै बिहीबार, असोज २९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज चिनी कारखाना पुनः सञ्चालनको बहस, प्राविधिक र आर्थिक अध्ययन आवश्यक (तस्बिरहरू)
वीरगंज चिनी कारखाना पुनः सञ्चालनको बहस, प्राविधिक र आर्थिक अध्ययन आवश्यक (तस्बिरहरू) वीरगंज सिटी
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP