काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित किम्ची रेष्टुरेन्टबाट स्रोत नखुलेको करिब ३५ लाख रूपैयाँसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका–२१ घर भएका ४० वर्षीय प्रवेश महत्तो र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ घर भएका ४२ वर्षीय सन्तोष भुषाल रहेका छन् ।
उनीहरूलाई बुधबार राति प्रहरी वृत्त सिंहदरबारले स्रोत नखुलेको नगद ३४ लाख ८५ हजार रुपैयाँसहित पक्राउ गरेको हो । उनीहरूलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।