नवलपरासीबाट सशस्त्र प्रहरीले ८० लाख रूपैयाँभन्दा बढी मूल्यका अवैध मोबाइलका सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीको टोलीले बर्दघाट नगरपालिका(४ स्थित एसमोडको झाडीमा लुकाई–छिपाई राखिएको अवस्थामा ती सामान फेला पारेको हो।
गणका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोज गुरुङका अनुसार उक्त बरामद भएको सामान ८० लाख ३० हजार रूपैयाँ बराबरको रहेको छ ।
बरामद गरिएका सामानहरूमा मोबाइलको ब्याट्री, टेम्पर ग्लास, एअरबर्ड्स, स्मार्ट वाच र स्पिकरलगायत रहेका छन्। नियन्त्रणमा लिइएका सम्पूर्ण सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।