नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ। शुक्रबार प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार २ हजार १ सय रुपैयाँले बढेको हो ।
त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६१ हजार ६ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँ रहेको चाँदी आइतबार २० रुपैयाँले बढेर ४ हजार ७ सय ९५ रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार प्रतिदश ग्राम चाँदीको मूल्य ४ हजार १ सय १० रुपैयाँ ५० पैसा कायम भएको छ ।