काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ७०० रुपैयाँले घटेर ३ लाख २ हजार २०० रुपैयाँ कायम भएको छ ।
हिजो सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेर ३ लाख ३ हजार ९०० रुपैयाँ मा कारोबार भएको थियो। त्यसअघि आइतबार सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदी आज ४ हजार ७७५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।