नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याएको छ।
“सिरिज २०२५” नाम दिइएको उक्त नोटमा सुरक्षाका लागि थप आधुनिक विशेषताहरू समावेश गरिएको छ। नयाँ नोटमा सगरमाथाको चित्र, दृष्टिविहीनले स्पर्श गरी पहिचान गर्न सकिने विशेष चिन्ह र रङ परिवर्तन हुने सुरक्षण धागो राखिएको छ।
साथै, नोटको पृष्ठभागमा चितवनका दुर्लभ जुम्ल्याहा हात्ती (राम र लक्ष्मण), सातवटा लालीगुराँस र हनुमानढोकाको ऐतिहासिक थामको आकृति अंकित छ।
गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको यस नोटको सिरियल नम्बर ९२०००००१ बाट सुरु भएको राष्ट्र बैंकले जनाएको छ। पुराना नोटहरू पनि उत्तिकै मान्य हुने बैंकले प्रष्ट पारेको छ।