काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन् ।
उदयपुर वेलका नगरपालिका–४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने ३२ वर्षीया शर्मिला बिष्टलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार बिष्टले एक जना पीडितसँग ४ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकी बिष्टलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।