शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रमोद जयसवाल
  • #प्रहरी पक्राउ
  • #अनधिकृत रकम ट्रान्सफर
  • #मोबाइल बैंकिङ
  • #डिजिटल बैंकिङ
  • #बैंक खाता ह्याक
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
यहाँ खोज्नुहोस्
your add here your add here
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • राष्ट्रिय गौरवका आयोजना सुस्त : १९ वर्षमा महाकाली सिँचाइको ३१ प्रतिशत मात्रै काम
राष्ट्रिय गौरवका आयोजना सुस्त : १९ वर्षमा महाकाली सिँचाइको ३१ प्रतिशत मात्रै काम
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, असोज १०, २०८३
A1 Beakery Add A1 Beakery Add

नेपाल सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा सूचीकृत गरेका २७ आयोजनामध्ये ३ आयोजना सम्पन्न भइसकेका छन् भने २४ आयोजना निर्माणाधीन अवस्थामा छन् । तर, निर्माणाधीन अधिकांश आयोजनाको प्रगति भने सुस्त देखिएको छ ।

राष्ट्रिय योजना आयोगको पछिल्लो प्रगति विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा २०८२/८३ मा अधिकांश राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगतिमा उल्लेख्य सुधार हुन सकेको छैन । जसका कारण निर्माणाधीन आयोजनामध्ये कुनै पनि आयोजना तत्काल सम्पन्न भएर पूर्ण रूपमा सञ्चालनमा आउने अवस्था देखिँदैन ।

आयोगका अनुसार नेपालमा आव २०४५/४६ देखि सुरु भएका विभिन्न आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गरिएको छ। कतिपय आयोजनाको निर्माण सम्पन्न हुने समयसमेत पटक–पटक सर्दै आएको छ।

आयोजना कार्यान्वयनमा ढिलाइ हुनुका प्रमुख कारणमा पर्याप्त पूर्वतयारी नगरी निर्माण सुरु गर्नु, वातावरणीय तथा कानुनी अड्चन, निर्माण सामग्रीको अभाव, स्थानीयस्तरमा हुने विवाद, स्रोत व्यवस्थापनको समस्या तथा निर्माणको मोडालिटी समयमै तय हुन नसक्नु रहेका छन्।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

महाकाली सिँचाइ : १९ वर्षमा ३१ प्रतिशत मात्रै भौतिक प्रगति

महाकाली सिँचाइ आयोजना आव २०६३/६४ देखि सुरु भएको हो। राष्ट्रिय योजना आयोगका अनुसार २०८२/८३ सम्म आयोजनाको भौतिक प्रगति ३१ प्रतिशत मात्रै पुगेको छ। आव २०८१/८२ सम्म यसको भौतिक प्रगति २६.६५ प्रतिशत थियो आयोजना २०८७/८८ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सुरुमा ३५ अर्ब २ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा हालसम्म १० अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ।

रानी जमरा कुलरिया सिँचाइ : लागत दोब्बरभन्दा बढी

रानी जमरा कुलरिया सिँचाइ आयोजना आव २०६६/६७ देखि कार्यान्वयनमा आएको हो। २०८२/८३ सम्म यसको भौतिक प्रगति ७४.८ प्रतिशत पुगेको छ।

सुरुमा १२ अर्ब ३७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको संशोधित लागत २८ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। आव २०८१/८२ सम्म ७१.९२ प्रतिशत भौतिक प्रगति रहेकोमा पछिल्लो वर्ष सामान्य सुधार भएको हो।

आयोजनाले हालसम्म २१ अर्ब ३२ करोड रुपैयाँ खर्च गरिसकेको छ। यसको निर्माण सम्पन्न गर्ने लक्ष्य २०८७/८८ सम्म राखिएको छ।

बबई सिँचाइ : ३८ वर्षमा पनि निर्माण पूरा भएन

बबई सिँचाइ आयोजना आव २०४५/४६ देखि कार्यान्वयनमा आएको हो। निर्माण सुरु भएको ३८ वर्ष पुग्दा पनि आयोजनाको भौतिक प्रगति ८१.९७ प्रतिशत मात्रै छ। सुरुमा २ अर्ब ८७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको संशोधित लागत २६ अर्ब ६९ करोड पुगेको छ। आयोजनाको संशोधित सम्पन्न लक्ष्य २०८५/८६ राखिएको छ।

आव २०८१/८२ सम्म ७२.७२ प्रतिशत भौतिक प्रगति रहेको आयोजनाले हालसम्म १८ अर्ब २१ करोड रुपैयाँ खर्च गरेको छ।

भेरी–बबई डाइभर्सन : लागत दोब्बर, प्रगति ६७ प्रतिशत

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना आव २०६८/६९ देखि सुरु भएको हो। हालसम्म यसको भौतिक प्रगति ६७ प्रतिशत पुगेको छ।

सुरु लागत १६ अर्ब ४३ करोड रुपैयाँ रहेको आयोजनाको संशोधित लागत ३३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। आव २०८१/८२ सम्म ६२.३२ प्रतिशत भौतिक प्रगति रहेको थियो।

आयोजनाले हालसम्म १९ अर्ब २९ करोड रुपैयाँ खर्च गरिसकेको छ।

सिक्टा सिँचाइ : २१ वर्षमा आधा मात्रै काम

सिक्टा सिँचाइ आयोजना आव २०६१/६२ देखि कार्यान्वयनमा आएको हो। दुई दशकभन्दा बढी समय बितिसक्दा आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत मात्रै पुगेको छ।

आव २०८१/८२ सम्म ४४.२३ प्रतिशत रहेको भौतिक प्रगति पछिल्लो आवमा बढेर ५१ प्रतिशत पुगेको हो। आयोजनाको संशोधित सम्पन्न लक्ष्य २०८९/९० राखिएको छ। सुरुमा ४६ अर्ब १९ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको लागत बढेर ५२ अर्ब ८९ करोड पुगेको छ। हालसम्म २४ अर्ब ३३ करोड रुपैयाँ खर्च भएको छ।

सुनकोशी–मरिन : ३७.८१ प्रतिशत मात्रै प्रगति

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना आव २०७६/७७ देखि कार्यान्वयनमा आएको हो। २०८२/८३ सम्म यसको भौतिक प्रगति ३७.८१ प्रतिशत मात्रै छ।

सुरुमा ४९ अर्ब ४२ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको लागत बढेर ६१ अर्ब ६५ करोड पुगेको छ। आयोजना सम्पन्न गर्ने लक्ष्य २०८९/९० सम्म सारिएको छ।

आव २०८१/८२ सम्म ३६.८३ प्रतिशत भौतिक प्रगति रहेकोमा पछिल्लो वर्ष करिब १ प्रतिशत मात्रै प्रगति भएको देखिन्छ। पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियामा गएपछि आयोजनाको काम प्रभावित भएको आयोगको विवरणमा उल्लेख छ।

बुढीगण्डकी : अझै भौतिक निर्माणको चरणमा पुगेन

बुढीगण्डकी जलविद्युत् आयोजना लामो समयदेखि निर्माणको तयारीमा रहे पनि अझै भौतिक निर्माणको चरणमा पुग्न सकेको छैन।

मुआब्जा वितरणलगायतका कामसमेत जोड्दा आयोजनाको प्रगति १६.५५ प्रतिशत हाराहारी पुगेको छ। आयोजना सम्पन्न गर्ने लक्ष्य २०९२/९३ राखिएको छ।

आयोजनाको अनुमानित लागत ४ खर्ब ६ अर्ब रुपैयाँ छ। हालसम्म ४२ अर्ब ८० करोड रुपैयाँ खर्च भइसकेको छ। निर्माण तथा स्रोत व्यवस्थापनको मोडालिटी टुंगिन नसक्दा आयोजना निर्माणको चरणमा कहिले प्रवेश गर्छ भन्ने अन्योल कायमै छ।

एमसीए नेपाल : सम्पन्न हुने समय नजिकिँदा १८.२४ प्रतिशत मात्रै काम

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपाल) अन्तर्गतको विद्युत् प्रसारण आयोजना आव २०७४/७५ देखि कार्यान्वयनमा आएको हो।

आयोजना २०८५/८६ मा सम्पन्न गर्ने लक्ष्य भए पनि २०८२/८३ सम्म भौतिक प्रगति १८.२४ प्रतिशत मात्रै पुगेको छ। आव २०८१/८२ सम्म यसको प्रगति ११.२७ प्रतिशत थियो।सुरुमा ६३ करोड अमेरिकी डलर लागत अनुमान गरिएको आयोजनाको लागत बढेर ७४ करोड ७० लाख अमेरिकी डलर पुगेको छ। हालसम्म १८ करोड २४ लाख अमेरिकी डलर खर्च भएको छ।

पश्चिम सेती : अझै कागजी प्रक्रियामै

पश्चिम सेती जलविद्युत् आयोजना पनि राष्ट्रिय गौरवको आयोजनामा समावेश छ। आयोजना सन् २०३० सम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि अहिलेसम्म भौतिक निर्माणको चरणमा पुग्न सकेको छैन।

झन्डै २ खर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना अझै कागजी तथा प्रक्रियागत चरणमै सीमित रहेको छ।

राष्ट्रपति चुरे संरक्षण : एक दशकमा ६.७ प्रतिशत प्रगति

राष्ट्रपति चुरे संरक्षण आयोजना आव २०७१/७२ देखि कार्यान्वयनमा आएको हो। एक दशकभन्दा बढी समय बितिसक्दा आयोजनाको भौतिक प्रगति ६.७ प्रतिशत मात्रै पुगेको छ।

आव २०८१/८२ मा ६.५५ प्रतिशत रहेको प्रगति एक वर्षमा ०.१५ प्रतिशत मात्रै बढेको देखिन्छ।आयोजना २०९३/९४ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। २० वर्षे गुरुयोजनाअनुसार यस आयोजनामा कुल २ खर्ब ४९ अर्ब ७० करोड रुपैयाँ खर्च गर्ने योजना छ। हालसम्म १६ अर्ब ४२ करोड रुपैयाँ खर्च भइसकेको छ।

मेलम्ची खानेपानी : ९९ प्रतिशत काम, तर पूर्ण सञ्चालनमा चुनौती

मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको भौतिक प्रगति ९९ प्रतिशत पुगेको छ। तर, वर्षायाममा नियमित रूपमा काठमाडौंमा खानेपानी ल्याउन अझै चुनौती देखिएको छ।

२०७८ असोज १ गते आएको बाढीले हेडवर्क्समा क्षति पुर्‍याएपछि आयोजना प्रभावित भएको थियो।

आव २०५५/५६ देखि निर्माण सुरु भएको आयोजनाको सुरु लागत १७ अर्ब रुपैयाँ थियो। संशोधित लागत ३७ अर्ब ६८ करोड पुगेको छ। हालसम्म ३१ अर्ब १४ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय योजना आयोगको तथ्यांक छ।

काठमाडौं उपत्यका थोक खानेपानी प्रसारण आयोजना : ७ वर्षमा ५.३५ प्रतिशत काम

काठमाडौं उपत्यका थोक खानेपानी प्रसारण आयोजना (दोस्रो) आव २०७५/७६ देखि कार्यान्वयनमा आएको हो। आयोगका अनुसार २०८२/८३ सम्म आयोजनाको भौतिक प्रगति ५.३५ प्रतिशत मात्रै छ। २०८५/८६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको कुल लागत ३८ अर्ब ४३ करोड रुपैयाँ छ।हालसम्म आयोजनाले १ अर्ब ९० करोड रुपैयाँ खर्च गरेको छ।

पुष्पलाल मध्यपहाडी राजमार्ग : १८ वर्षमा ८४.६८ प्रतिशत काम

पुष्पलाल (मध्यपहाडी) राजमार्ग आव २०६४/६५ देखि कार्यान्वयनमा आएको हो। विभिन्न स्थानमा निर्माण कार्य प्रभावित हुँदा १८ वर्ष बितिसक्दा पनि आयोजनाको भौतिक प्रगति ८४.६८ प्रतिशतमा सीमित छ।

सुरुमा ३३ अर्ब ३६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको संशोधित लागत ८४ अर्ब ३३ करोड पुगेको छ।आयोजना आव २०८४/८५ सम्म सम्पन्न गर्ने संशोधित लक्ष्य राखिएको छ। २०८२/८३ सम्म आयोजनाले ७३ अर्ब ५८ करोड रुपैयाँ खर्च गरिसकेको छ।

राष्ट्रिय गौरवका आयोजनाको यो प्रगतिले लामो समयदेखि निर्माणमा रहेका ठूला आयोजनामा पूर्वतयारी, स्रोत व्यवस्थापन, ठेक्का प्रक्रिया, कानुनी तथा वातावरणीय स्वीकृति र कार्यान्वयन क्षमतासँग जोडिएका समस्या अझै कायम रहेको देखाउँछ।


प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  ०७:१२
#राष्ट्रिय योजना आयोग #पूर्वाधार विकास #विकास निर्माण #विकास आयोजना #चुरे संरक्षण #राष्ट्रिय गौरवका आयोजना #एमसीए नेपाल #आयोजना प्रगति #महाकाली सिँचाइ #रानी जमरा कुलरिया सिँचाइ #बबई सिँचाइ #भेरी बबई डाइभर्सन #सिक्टा सिँचाइ #सुनकोशी मरिन #बुढीगण्डकी आयोजना #पश्चिम सेती #मेलम्ची खानेपानी #मध्यपहाडी राजमार्ग #आयोजना ढिलाइ
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
प्रधानमन्त्री स्वदेश फर्किँदा तीन मन्त्रीले गरे स्वागत, विमानस्थलमा देखिएन तामझाम
प्रधानमन्त्री स्वदेश फर्किँदा तीन मन्त्रीले गरे स्वागत, विमानस्थलमा देखिएन तामझाम शनिबार, असोज १०, २०८३
खतरा तह पार गरेपछि सप्तकोशीका ४३ ढोका खोलिए
खतरा तह पार गरेपछि सप्तकोशीका ४३ ढोका खोलिए शनिबार, असोज १०, २०८३
सरकारी बैंकमा रकम हिनामिना भए भ्रष्टाचार मुद्दा लाग्छ कि बैंकिङ कसुर ?
सरकारी बैंकमा रकम हिनामिना भए भ्रष्टाचार मुद्दा लाग्छ कि बैंकिङ कसुर ? शुक्रबार, असोज ९, २०८३
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिने घोषणा
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिने घोषणा शुक्रबार, असोज ९, २०८३
बालेनको मंसिरमा भारत भ्रमणको तयारी, परराष्ट्र मन्त्रालय सक्रिय
बालेनको मंसिरमा भारत भ्रमणको तयारी, परराष्ट्र मन्त्रालय सक्रिय शुक्रबार, असोज ९, २०८३
पहिरोले काठमाडौं जोड्ने प्रमुख राजमार्ग अवरुद्ध, सवारी आवागमन ठप्प
पहिरोले काठमाडौं जोड्ने प्रमुख राजमार्ग अवरुद्ध, सवारी आवागमन ठप्प शुक्रबार, असोज ९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
वर्षासँगै आएको बाढीपहिरोमा देशभर दुई जनाको मृत्यु, एक बेपत्ता
वर्षासँगै आएको बाढीपहिरोमा देशभर दुई जनाको मृत्यु, एक बेपत्ता वीरगंज सिटी
पानी जमेको खाल्डोमा डुबेर ५ वर्षीय बालकको मृत्यु, सप्तकोशीको बहाव बढेपछि बाढीको जोखिम पनि उच्च
पानी जमेको खाल्डोमा डुबेर ५ वर्षीय बालकको मृत्यु, सप्तकोशीको बहाव बढेपछि बाढीको जोखिम पनि उच्च वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
मानव अधिकार मञ्च मधेशको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा प्रविण श्रीवास्तव
मानव अधिकार मञ्च मधेशको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा प्रविण श्रीवास्तव वीरगंज सिटी
वीरगंज युवा समाजद्वारा भोटेकोशी बाढी पीडित परिवारलाई घरदैलोमै पुगेर राहत
वीरगंज युवा समाजद्वारा भोटेकोशी बाढी पीडित परिवारलाई घरदैलोमै पुगेर राहत वीरगंज सिटी
जिराभवानीमा २४ असोजदेखि भेट्रान क्लबको खेलकुद प्रतियोगिता
जिराभवानीमा २४ असोजदेखि भेट्रान क्लबको खेलकुद प्रतियोगिता वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ?
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ? वीरगंज सिटी
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ?
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने वीरगंज सिटी
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP