शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रहरी पक्राउ
  • #प्रमोद जयसवाल
  • #अनधिकृत रकम ट्रान्सफर
  • #बैंकिङ कसूर
  • #मोबाइल बैंकिङ
  • #बैंक खाता ह्याक
  • #डिजिटल बैंकिङ
  • #बैंकिङ ठगी
यहाँ खोज्नुहोस्
your add here your add here
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • पूर्वप्रधानन्यायाधीश राणा पक्राउप्रति सर्वोच्चको आपत्ति, गैरकानुनी कामकारबाही अस्वीकार्य
पूर्वप्रधानन्यायाधीश राणा पक्राउप्रति सर्वोच्चको आपत्ति, गैरकानुनी कामकारबाही अस्वीकार्य
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, असोज १३, २०८३
A1 Beakery Add A1 Beakery Add

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा निवासबाट नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा लगिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।

सोमबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले असोज १० गते राति प्रहरी अधिकारीहरूले जबरालाई महाराजगञ्जस्थित निवासबाट उठाएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगिएको घटनाबारे ध्यानाकर्षण भएको जनाएको हो ।

सर्वोच्चका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा जबरालाई करिब १० घण्टा प्रहरी कार्यालयमा राखी पछि परिवारको जिम्मा लगाइएको उल्लेख छ ।

सर्वोच्चले नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यका रूपमा स्वीकार गरेको स्मरण गराउँदै पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश तथा बहालवाला न्यायाधीश र न्यायिक जनशक्ति न्यायपालिकाका अभिन्न अंग रहेको जनाएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

न्यायिक जनशक्तिप्रति राज्यका निकायबाट हुने व्यवहार संवेदनशील र गम्भीर विषय भएकाले सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने सर्वोच्चको भनाइ छ ।

व्यक्तिगत स्वतन्त्रता तथा सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणका लागि प्रचलित कानुनले तोकेको उचित प्रक्रिया अपनाएर मात्र कुनै व्यक्तिलाई नियन्त्रणमा लिन सकिने सर्वोच्चले स्पष्ट पारेको छ ।

कानुनी प्रक्रिया पूरा नगरी गरिने कारबाहीमा स्वेच्छाचारिताको सम्भावना रहने भन्दै सर्वोच्चले त्यस्तो कार्य लोकतान्त्रिक शासन प्रणालीको मान्यतासँग मेल नखाने जनाएको छ । 

यसअघि प्रहरीले जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखेको थियो। प्रहरीले उनलाई सुरक्षा जोखिम रहेको भन्दै सुरक्षाका लागि कार्यालयमा ल्याइएको जनाएको थियो। यद्यपि, नियन्त्रणमा लिँदा कानुनी आधार र पक्राउ पुर्जीबारे स्पष्ट जानकारी नदिइएको विषयमा प्रश्न उठेको थियो ।

सर्वोच्चको आकस्मिक पूर्ण बैठकले पूर्वपदाधिकारीसँग जोडिएका विषयलाई न्याय सम्पादनसँग सम्बन्धित घटनाका रूपमा चित्रण वा सम्प्रेषण गर्दा संवेदनशीलता अपनाउन सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरेको छ ।

सर्वोच्चले न्याय सम्पादनका क्रममा हुने कामकारबाहीमा बाह्य वा आन्तरिक कुनै पनि प्रकारको प्रभावलाई स्थान नदिने प्रतिबद्धता पनि दोहोर्‍याएको छ ।

न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र गरिमाप्रति नागरिकको विश्वास कायम राख्नु सबैको जिम्मेवारी रहेको उल्लेख गर्दै सर्वोच्चले न्यायपालिकाको कामकारबाहीलाई बाह्य प्रभावबाट मुक्त राख्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।


प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  ११:१६
#सर्वोच्च अदालत #काठमाडौं #पक्राउ #न्यायपालिका #प्रहरी #कानुनी प्रक्रिया #पूर्वप्रधानन्यायाधीश #चोलेन्द्रशमशेर जबरा #न्यायपालिकाको स्वतन्त्रता
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
८५ अर्बबाट २ खर्ब नाघ्यो, सेनाले फास्ट ट्र्याकको म्याद फेरि ३ वर्ष माग्यो
८५ अर्बबाट २ खर्ब नाघ्यो, सेनाले फास्ट ट्र्याकको म्याद फेरि ३ वर्ष माग्यो मंगलबार, असोज १३, २०८३
पूर्वप्रधानन्यायाधीश जबरासँग भेट रोकिएपछि एसएसपी खड्कालाई बयानमा बोलाइयो
पूर्वप्रधानन्यायाधीश जबरासँग भेट रोकिएपछि एसएसपी खड्कालाई बयानमा बोलाइयो सोमबार, असोज १२, २०८३
वैदेशिक रोजगारीमा ठगी बढ्दो, बिगो भराउने व्यवस्था कमजोर
वैदेशिक रोजगारीमा ठगी बढ्दो, बिगो भराउने व्यवस्था कमजोर आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री स्वदेश फर्किँदा तीन मन्त्रीले गरे स्वागत, विमानस्थलमा देखिएन तामझाम
प्रधानमन्त्री स्वदेश फर्किँदा तीन मन्त्रीले गरे स्वागत, विमानस्थलमा देखिएन तामझाम शनिबार, असोज १०, २०८३
खतरा तह पार गरेपछि सप्तकोशीका ४३ ढोका खोलिए
खतरा तह पार गरेपछि सप्तकोशीका ४३ ढोका खोलिए शनिबार, असोज १०, २०८३
राष्ट्रिय गौरवका आयोजना सुस्त : १९ वर्षमा महाकाली सिँचाइको ३१ प्रतिशत मात्रै काम
राष्ट्रिय गौरवका आयोजना सुस्त : १९ वर्षमा महाकाली सिँचाइको ३१ प्रतिशत मात्रै काम शनिबार, असोज १०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
तत्कालीन रोजगार संयोजक न्यौपानेसहित १० जनाविरुद्ध मुद्दा
तत्कालीन रोजगार संयोजक न्यौपानेसहित १० जनाविरुद्ध मुद्दा वीरगंज सिटी
चोलेन्द्र पक्राउबारे एसएसपीको बयान : ‘आदेश पालना गरेको हुँ’
चोलेन्द्र पक्राउबारे एसएसपीको बयान : ‘आदेश पालना गरेको हुँ’ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजका तीन वडामा चार वर्षदेखि जमेको पानीको निकास खुल्यो
वीरगंजका तीन वडामा चार वर्षदेखि जमेको पानीको निकास खुल्यो वीरगंज सिटी
वीरगंज–२५ का जग्गाधनीद्वारा मुआब्जा र क्षतिपूर्ति माग गर्दै भन्सार प्रमुखलाई ज्ञापनपत्र
वीरगंज–२५ का जग्गाधनीद्वारा मुआब्जा र क्षतिपूर्ति माग गर्दै भन्सार प्रमुखलाई ज्ञापनपत्र वीरगंज सिटी
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
पोखरिया अस्पतालले ग्रामीण नागरिकलाई आवश्यक न्यूनतम स्वास्थ्य  सेवा पूर्ण रूपमा दिन सकेको छ त ?  अस्पतालको सेवा–सुविधा कस्तो छ ?
पोखरिया अस्पतालले ग्रामीण नागरिकलाई आवश्यक न्यूनतम स्वास्थ्य सेवा पूर्ण रूपमा दिन सकेको छ त ? अस्पतालको सेवा–सुविधा कस्तो छ ? वीरगंज सिटी
स्थानीय चुनाव नजिकिँदै गर्दा उम्मेदवारको चर्चा र नेतृत्वको बहस फेरि सुरु भएको छ । आउँदो स्थानीय तहकाे निर्वाचनमा तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ?
स्थानीय चुनाव नजिकिँदै गर्दा उम्मेदवारको चर्चा र नेतृत्वको बहस फेरि सुरु भएको छ । आउँदो स्थानीय तहकाे निर्वाचनमा तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
श्रीलंकासँग क्वार्टरफाइनल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरियो नेपाल
श्रीलंकासँग क्वार्टरफाइनल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरियो नेपाल वीरगंज सिटी
हङकङ सिक्सेसबाट नेपाल बाहिर, यसपटक नखेल्ने
हङकङ सिक्सेसबाट नेपाल बाहिर, यसपटक नखेल्ने वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP