शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गर्ने तयारी
वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गर्ने तयारी
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, मंसिर ६, २०८३
A1 Beakery Add A1 Beakery Add

वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत लामो समयदेखि फरार रहेका आरोपितको बैंक खाता तथा सम्पत्ति रोक्का गर्ने प्रक्रिया अघि बढाइने भएको छ ।

वैदेशिक रोजगार विभागले पहिलो चरणमा एक हजारभन्दा बढी फरार आरोपितको सूची सार्वजनिक गरी उनीहरूको बैंक खाता रोक्का गर्ने तयारी गरेको छ । विभागले ९ कात्तिकमा सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको थियो ।

तोकिएको अवधिभित्र सम्पर्कमा नआए उनीहरूको बैंकिङ कारोबार हुने खाता तथा यात्रा अनुमतिसम्बन्धी प्रक्रिया रोक्का गर्नेलगायत कानुनी कारबाही अघि बढाइने सूचनामा उल्लेख थियो ।

३५ दिने सूचना अवधि समाप्त भएपछि सम्पर्कमा नआएका व्यक्तिको विवरण संकलन गरी बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइने विभागका एक अधिकारीले बताएका छन् । उनका अनुसार अहिले पुराना मुद्दाका अभिलेख संकलन तथा अद्यावधिक गर्ने काम भइरहेको छ । पहिलो चरणमै एक हजारभन्दा बढी व्यक्तिको नाम सार्वजनिक हुन सक्ने विभागको अनुमान छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

ती अधिकारीका अनुसार पक्राउ पुर्जी जारी भएका फरार व्यक्तिको यकिन संख्या भने अझै निर्धारण हुन सकेको छैन । पुराना मुद्दाको व्यवस्थित अभिलेख नहुनु र गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा विभागको कार्यालयमा आगलागी हुँदा महत्त्वपूर्ण कागजात नष्ट हुनुले विवरण संकलनमा समस्या भएको छ ।

विभागले गत वर्ष भदौसम्मका पुराना अभिलेख खोज्ने र उपलब्ध कागजातका आधारमा विवरण अद्यावधिक गर्ने काम गरिरहेको जनाएको छ । तयार पारिएको सूचीका आधारमा नेपाल राष्ट्र बैंकलाई पत्राचार गरी सम्बन्धित व्यक्तिको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइनेछ ।

वैदेशिक रोजगारसम्बन्धी कानुनले फरार आरोपितको बैंक खातामात्र नभई सम्पत्तिसमेत रोक्का गर्न सक्ने व्यवस्था गरेको छ । विभागका अधिकारीका अनुसार पीडितले छिटो न्याय पाउन र ठगी भएको रकम असुली गर्न यस्तो प्रक्रिया अघि बढाउन लागिएको हो ।

सम्पर्कमा आए बयान दिएर तारेखमा छुट्न सक्ने

विभागले फरार आरोपितलाई पक्राउ गर्ने प्रक्रियासँगै स्वेच्छाले कानुनी प्रक्रियामा सहभागी हुने अवसरसमेत दिएको छ । पक्राउ पुर्जी जारी भएका व्यक्ति आफैँ विभाग वा प्रहरीको सम्पर्कमा आएर बयानलगायत आवश्यक प्रक्रिया पूरा गरेपछि तारेखमा छुट्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।

विभागका अधिकारीका अनुसार सार्वजनिक सूचना जारी भएपछि केही आरोपित सम्पर्कमा आउन थालेका छन् । आफैँ उपस्थित भएर बयान तथा आवश्यक प्रक्रिया पूरा गरेपछि सोही दिन तारेखमा छुट्न सक्ने भएकाले कानुनी प्रक्रियामा सहभागी हुन विभागले आग्रह गरेको छ ।

विभागका अनुसार वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरू लामो समयदेखि फरार रहँदा अनुसन्धान तथा न्यायिक प्रक्रिया प्रभावित हुँदै आएको छ । विभागको अनुमानमा वैदेशिक रोजगारसम्बन्धी ३० हजारभन्दा बढी मुद्दा विचाराधीन छन् ।

अरूको बैंक खाता प्रयोग भएको हुन सक्ने चुनौती

फरार आरोपितको बैंक खाता रोक्का गर्ने प्रक्रियामा खाताको वास्तविक प्रयोग र खातावालको संलग्नता पहिचान गर्नु अर्को चुनौती देखिएको छ । कतिपय अवस्थामा ठगीमा संलग्न व्यक्तिले अन्य व्यक्तिको बैंक खाता प्रयोग गर्ने गरेको पाइएको छ ।

साथीभाइ वा चिनजानका व्यक्तिलाई सामान्य रकम आउने भन्दै उनीहरूको खातामा पैसा जम्मा गराउने र पछि त्यही खाता वैदेशिक रोजगार ठगीको कारोबारमा प्रयोग गर्ने गरेको पाइएको छ ।

यस्तो अवस्थामा खातावालसमेत अनुसन्धानको दायरामा आउन सक्ने भएकाले बैंक खाता रोक्का गर्नुअघि सम्बन्धित व्यक्तिको भूमिका र संलग्नताबारे अनुसन्धान गर्नुपर्ने देखिएको छ ।

वैदेशिक रोजगार ठगीका आरोपित लामो समयसम्म फरार रहँदा पीडितले रकम फिर्ता पाउन र न्यायिक प्रक्रिया टुंग्याउन कठिनाइ हुँदै आएको छ । बैंक खाता तथा सम्पत्ति रोक्का गर्ने प्रक्रियाले आरोपितलाई कानुनी दायरामा ल्याउन र पीडितको रकम असुलीमा सहयोग पुग्ने विभागको अपेक्षा छ ।

पुराना मुद्दाको डिजिटल अभिलेखीकरण हुँदै

विभागले २०६४ सालदेखि थन्किएका पुराना ठगीसम्बन्धी मुद्दालाई विद्युतीय प्रणालीमा अभिलेखीकरण गर्ने काम गरिरहेको छ । वर्षौंदेखि कारबाही हुन नसकेका फाइल व्यवस्थित गर्ने, क्रमबद्ध गर्ने र डिजिटल अभिलेखमा राख्ने काम भइरहेको विभागले जनाएको छ ।

यसअघि पनि विभागले पुराना मुद्दाका फाइल स्क्यान गरेर डिजिटल अभिलेखमा राखेको थियो । तर, २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा विभागमा तोडफोड र आगजनी हुँदा स्क्यान गरिएका मुद्दाका फाइल राखिएको डिभाइस जलेर नष्ट भएको थियो । त्यसपछि विभागले पुनः पुराना मुद्दाका फाइल स्क्यान गरी विद्युतीय अभिलेखीकरण गर्न थालेको हो ।

विभागले चालु आर्थिक वर्षको छ महिनाभित्र पुराना मुद्दाको अभिलेखीकरण र फर्छ्योटको काम सम्पन्न गर्ने लक्ष्य राखेको थियो । सोहीअनुसार छुट्टै कर्मचारी खटाएर काम भइरहेको छ ।

विभागका अनुसार हालसम्म चारदेखि पाँच हजार मुद्दाको विवरण अद्यावधिक भइसकेको छ । डिजिटल अभिलेखीकरणमा फाइलको विवरण इन्ट्री गर्नेमात्र नभई प्रत्येक मुद्दाको सम्पूर्ण विवरण र प्रमाण स्क्यान गरेर राख्नुपर्ने भएकाले एउटा फाइल तयार गर्न करिब एक घण्टासम्म लाग्ने गरेको छ ।

सबै पुराना मुद्दा डिजिटल प्रणालीमा अभिलेखीकरण भएपछि फरार आरोपितको वास्तविक संख्या यकिन गर्न सहज हुने विभागको विश्वास छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  १५:२९
#नेपाल राष्ट्र बैंक #वैदेशिक रोजगार विभाग #कानुनी कारबाही #वैदेशिक रोजगार #पक्राउ पुर्जी #जेनजी आन्दोलन #वैदेशिक रोजगार ठगी #सम्पत्ति रोक्का #बैंक खाता रोक्का #फरार आरोपित #ठगी पीडित #डिजिटल अभिलेखीकरण
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
प्रधानमन्त्री बालेन भारत भ्रमणका लागि नयाँ दिल्लीमा, भव्य स्वागत
प्रधानमन्त्री बालेन भारत भ्रमणका लागि नयाँ दिल्लीमा, भव्य स्वागत आइतबार, मंसिर ६, २०८३
दुई दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान
दुई दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान आइतबार, मंसिर ६, २०८३
प्रधानमन्त्रीको भारत भ्रमण टोलीलाई बिदाइ गर्न विमानस्थल पुगे मन्त्री श्रेष्ठ
प्रधानमन्त्रीको भारत भ्रमण टोलीलाई बिदाइ गर्न विमानस्थल पुगे मन्त्री श्रेष्ठ आइतबार, मंसिर ६, २०८३
जनकपुर–अयोध्या रेलको प्रचारमा सरकार, नेपाल रेल्वेको जग्गामा भारतीयको रजाइँ (भिडियो रिपोर्ट सहित)
जनकपुर–अयोध्या रेलको प्रचारमा सरकार, नेपाल रेल्वेको जग्गामा भारतीयको रजाइँ (भिडियो रिपोर्ट सहित) शनिबार, मंसिर ५, २०८३
मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन हुँदै, भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने
मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन हुँदै, भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने शनिबार, मंसिर ५, २०८३
न्यायाधीशका पीएसओले आफैंलाई गोली हाने, घटनास्थलमै मृत्यु
न्यायाधीशका पीएसओले आफैंलाई गोली हाने, घटनास्थलमै मृत्यु शुक्रबार, मंसिर ४, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य वीरगंज सिटी
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
सात वनदेवी स्थलमा ऐतिहासिक धार्मिक मेला लाग्दै, तयारी अन्तिम चरणमा
सात वनदेवी स्थलमा ऐतिहासिक धार्मिक मेला लाग्दै, तयारी अन्तिम चरणमा वीरगंज सिटी
पर्सा मिलन केन्द्रकाे २५औँ वार्षिकउत्सव समारोह सम्पन्न,  विभिन्न सात विधाका व्यक्तित्व सम्मानित
पर्सा मिलन केन्द्रकाे २५औँ वार्षिकउत्सव समारोह सम्पन्न, विभिन्न सात विधाका व्यक्तित्व सम्मानित वीरगंज सिटी
वीरगंजमा शिख धर्मका संस्थापक गुरु नानकको जन्मजयन्ती मनाइँदै
वीरगंजमा शिख धर्मका संस्थापक गुरु नानकको जन्मजयन्ती मनाइँदै वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण वीरगंज सिटी
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP