प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन् ।
नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाह इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई भारतका राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गरेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह भारतको दुई दिने राजकीय भ्रमणमा गएका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले आजै भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित होटल ताजमा हुने भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध र आपसी हितका विभिन्न विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई देशबीचको सहकार्य र आपसी हितका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।