शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रहरी पक्राउ
  • #प्रमोद जयसवाल
  • #अनधिकृत रकम ट्रान्सफर
  • #बैंकिङ कसूर
  • #मोबाइल बैंकिङ
  • #बैंक खाता ह्याक
  • #डिजिटल बैंकिङ
  • #बैंकिङ ठगी
यहाँ खोज्नुहोस्
your add here your add here
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • ८५ अर्बबाट २ खर्ब नाघ्यो, सेनाले फास्ट ट्र्याकको म्याद फेरि ३ वर्ष माग्यो
८५ अर्बबाट २ खर्ब नाघ्यो, सेनाले फास्ट ट्र्याकको म्याद फेरि ३ वर्ष माग्यो
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, असोज १३, २०८३
A1 Beakery Add A1 Beakery Add

काठमाडौंलाई तराई–मधेससँग जोड्ने राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण सुरु भएको नौ वर्ष बितिसक्दा पनि आधामात्रै पूरा भएको छ। आयोजनाको भौतिक प्रगति २०८३ भदौ मसान्तसम्म ५०.०२ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५१.४७ प्रतिशत रहेको छ ।

चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित नेपाली सेनालाई जिम्मा दिइएको आयोजनाको समयसीमा सरकारले फेरि तीन वर्ष थपेको छ। पछिल्लो निर्णयअनुसार अब फास्ट ट्र्याक २०८६ चैत मसान्तसम्म सम्पन्न गर्नुपर्नेछ ।

निर्माणमा भएको ढिलाइसँगै आयोजनाको लागत पनि उल्लेख्य रूपमा बढेको छ। हाल परिमार्जित विस्तृत आयोजना प्रतिवेदनअनुसार लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। आकस्मिक खर्चसहित कुल लागत करिब २ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। भदौ मसान्तसम्म ९४ अर्ब २२ करोड रुपैयाँ खर्च भइसकेको नेपाली सेनाले जनाएको छ ।

बाँकी काम पूरा गर्न थप करिब २० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यससँगै सुरुमा करिब ८५ अर्ब रुपैयाँमा चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना अब दुई खर्बभन्दा बढी लागतमा पुग्ने देखिएको छ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

जग्गा अधिग्रहणदेखि सुरुङ निर्माणसम्म चुनौती

७०.९७७ किलोमिटर लामो फास्ट ट्र्याकमा सात सुरुङको कुल लम्बाइ ११.२ किलोमिटर छ। महादेवटार, धेद्रे र लेनडाँडा सुरुङका दुवै ट्युबमा ब्रेकथ्रु भइसकेको छ। अन्य सुरुङमा पनि निर्माण जारी छ ।

आयोजनामा ८९ वटा पुल निर्माण गर्नुपर्नेमा ८५ वटाका लागि सम्झौता भइसकेको छ। हालसम्म ५७ पुलको फाउन्डेसन, ३८ वटाको सबस्ट्रक्चर र १६ वटाको सुपरस्टक्चर निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । 

तर ललितपुरको खोकना–बुंगमती क्षेत्रमा जग्गा अधिग्रहण, मुआब्जा तथा सांस्कृतिक सम्पदासम्बन्धी विषय अझै समाधान हुन सकेको छैन। यही कारण प्याकेज नम्बर ११ को काम अघि बढ्न सकेको छैन ।

नेपाली सेनाका अनुसार जग्गा प्राप्ति, राइट अफ वे, सुरुङ तथा अग्ला पुल निर्माण, कोभिड–१९ महामारी र २०८१ असोजको बाढीपहिरोले पनि आयोजना प्रभावित भएको थियो ।

लागत बढ्दै, समयसीमा थपिँदै

फास्ट ट्र्याकको लागत सुरुआती अनुमानको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ । एसियाली विकास बैंकको प्रारम्भिक अध्ययनमा ५६ अर्ब रुपैयाँ अनुमान गरिएको लागत सन् २०१४ मा ९६ अर्ब र सन् २०१५ को विस्तृत आयोजना प्रतिवेदनमा १ खर्ब १२ अर्ब रुपैयाँ पुगेको थियो।

हाल लागत २ खर्ब १३ अर्ब रुपैयाँ आसपास पुगेको छ। सरकारले फेरि तीन वर्षको समय थपेसँगै लागत थप बढ्ने अनुमान गरिएको छ।

यसअघि पनि आयोजनाको समयसीमा दुईपटक थपिएको थियो। सुरुमा २०७८ वैशाखसम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि पहिलोपटक २०८१ मंसिर र दोस्रोपटक २०८३ चैतसम्मको समयसीमा तोकिएको थियो । 

महालेखाले पनि उठायो ढिलाइ र व्यवस्थापनको प्रश्न

महालेखा परीक्षकको ६३औँ प्रतिवेदनले फास्ट ट्र्याकको भौतिक प्रगति, जग्गा अधिग्रहण, रूख कटान, डिजाइन तथा ठेक्का व्यवस्थापनमा समस्या औंल्याएको छ ।

आवश्यक ५ हजार ४ सय ७० रोपनी जग्गामध्ये प्रतिवेदन अवधिसम्म ४ हजार ९ सय ४८ रोपनी प्राप्त भएको र ५ सय ५२ रोपनी अझै अधिग्रहण गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, रेखांकनभित्र पहिचान गरिएका ७१ हजार १ सय ४१ रूखमध्ये ४२ हजार ३ सय ५२ वटामात्र कटान भएका छन् । बाँकी रूख कटान तथा जग्गा भोगाधिकारमा भएको ढिलाइले निर्माण प्रभावित भएको महालेखाले जनाएको छ ।

महालेखाले विभिन्न प्याकेजमा डिजाइन तयार गर्न भएको ढिलाइ, परामर्शदाता परिवर्तन र ठेक्का व्यवस्थापनमा देखिएका कमजोरीले समेत आयोजना प्रभावित भएको औंल्याएको छ ।

ठेक्का प्रक्रियामाथि पनि प्रश्न

फास्ट ट्र्याकका केही सुरुङ तथा पुल निर्माणको पूर्वयोग्यता प्रक्रियामा समेत प्रश्न उठेको छ। सार्वजनिक लेखा समितिले पूर्वयोग्यता प्रक्रियामा प्रक्रियागत त्रुटि देखिएको भन्दै प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया अघि बढाउन नेपाली सेनालाई निर्देशन दिएको थियो।

यसले आयोजना निर्माणको समयसीमा थप प्रभावित हुने सम्भावना देखिएको छ ।

वैकल्पिक मार्गको रूपमा महत्त्वपूर्ण

फास्ट ट्र्याक सञ्चालनमा आएपछि काठमाडौं र तराई–मधेसबीचको दूरी तथा यात्रा समय घट्ने अपेक्षा गरिएको छ। पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ, बीपी राजमार्गलगायतका मुख्य सडक बाढीपहिरोका कारण अवरुद्ध हुँदा राजधानीको आपूर्ति प्रणाली प्रभावित हुने भएकाले फास्ट ट्र्याकलाई वैकल्पिक मार्गका रूपमा हेरिएको छ ।

तर निर्माण सुरु भएको नौ वर्षमा आयोजना आधामात्रै पूरा हुनु र लागत दुई खर्बभन्दा माथि पुग्नुले समयमै आयोजना सम्पन्न गर्ने विषयलाई चुनौतीपूर्ण बनाएको छ। अब थपिएको तीन वर्षभित्र बाँकी काम सम्पन्न गर्दै लागत वृद्धि नियन्त्रण गर्नु सरकार र नेपाली सेनाका लागि मुख्य चुनौती बनेको छ ।


प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १२:१७
#नेपाली सेना #महालेखा परीक्षक #पूर्वाधार #पुल निर्माण #विकास आयोजना #सडक आयोजना #फास्ट ट्र्याक #जग्गा अधिग्रहण #काठमाडौं तराई मधेस द्रुतमार्ग #आयोजना लागत #सुरुङ निर्माण
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
पूर्वप्रधानन्यायाधीश राणा पक्राउप्रति सर्वोच्चको आपत्ति, गैरकानुनी कामकारबाही अस्वीकार्य
पूर्वप्रधानन्यायाधीश राणा पक्राउप्रति सर्वोच्चको आपत्ति, गैरकानुनी कामकारबाही अस्वीकार्य मंगलबार, असोज १३, २०८३
पूर्वप्रधानन्यायाधीश जबरासँग भेट रोकिएपछि एसएसपी खड्कालाई बयानमा बोलाइयो
पूर्वप्रधानन्यायाधीश जबरासँग भेट रोकिएपछि एसएसपी खड्कालाई बयानमा बोलाइयो सोमबार, असोज १२, २०८३
वैदेशिक रोजगारीमा ठगी बढ्दो, बिगो भराउने व्यवस्था कमजोर
वैदेशिक रोजगारीमा ठगी बढ्दो, बिगो भराउने व्यवस्था कमजोर आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री स्वदेश फर्किँदा तीन मन्त्रीले गरे स्वागत, विमानस्थलमा देखिएन तामझाम
प्रधानमन्त्री स्वदेश फर्किँदा तीन मन्त्रीले गरे स्वागत, विमानस्थलमा देखिएन तामझाम शनिबार, असोज १०, २०८३
खतरा तह पार गरेपछि सप्तकोशीका ४३ ढोका खोलिए
खतरा तह पार गरेपछि सप्तकोशीका ४३ ढोका खोलिए शनिबार, असोज १०, २०८३
राष्ट्रिय गौरवका आयोजना सुस्त : १९ वर्षमा महाकाली सिँचाइको ३१ प्रतिशत मात्रै काम
राष्ट्रिय गौरवका आयोजना सुस्त : १९ वर्षमा महाकाली सिँचाइको ३१ प्रतिशत मात्रै काम शनिबार, असोज १०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
तत्कालीन रोजगार संयोजक न्यौपानेसहित १० जनाविरुद्ध मुद्दा
तत्कालीन रोजगार संयोजक न्यौपानेसहित १० जनाविरुद्ध मुद्दा वीरगंज सिटी
चोलेन्द्र पक्राउबारे एसएसपीको बयान : ‘आदेश पालना गरेको हुँ’
चोलेन्द्र पक्राउबारे एसएसपीको बयान : ‘आदेश पालना गरेको हुँ’ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजका तीन वडामा चार वर्षदेखि जमेको पानीको निकास खुल्यो
वीरगंजका तीन वडामा चार वर्षदेखि जमेको पानीको निकास खुल्यो वीरगंज सिटी
वीरगंज–२५ का जग्गाधनीद्वारा मुआब्जा र क्षतिपूर्ति माग गर्दै भन्सार प्रमुखलाई ज्ञापनपत्र
वीरगंज–२५ का जग्गाधनीद्वारा मुआब्जा र क्षतिपूर्ति माग गर्दै भन्सार प्रमुखलाई ज्ञापनपत्र वीरगंज सिटी
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
पोखरिया अस्पतालले ग्रामीण नागरिकलाई आवश्यक न्यूनतम स्वास्थ्य  सेवा पूर्ण रूपमा दिन सकेको छ त ?  अस्पतालको सेवा–सुविधा कस्तो छ ?
पोखरिया अस्पतालले ग्रामीण नागरिकलाई आवश्यक न्यूनतम स्वास्थ्य सेवा पूर्ण रूपमा दिन सकेको छ त ? अस्पतालको सेवा–सुविधा कस्तो छ ? वीरगंज सिटी
स्थानीय चुनाव नजिकिँदै गर्दा उम्मेदवारको चर्चा र नेतृत्वको बहस फेरि सुरु भएको छ । आउँदो स्थानीय तहकाे निर्वाचनमा तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ?
स्थानीय चुनाव नजिकिँदै गर्दा उम्मेदवारको चर्चा र नेतृत्वको बहस फेरि सुरु भएको छ । आउँदो स्थानीय तहकाे निर्वाचनमा तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
श्रीलंकासँग क्वार्टरफाइनल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरियो नेपाल
श्रीलंकासँग क्वार्टरफाइनल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरियो नेपाल वीरगंज सिटी
हङकङ सिक्सेसबाट नेपाल बाहिर, यसपटक नखेल्ने
हङकङ सिक्सेसबाट नेपाल बाहिर, यसपटक नखेल्ने वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP