शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #प्रहरी पक्राउ
  • #प्रमोद जयसवाल
  • #उपेन्द्र प्रसाद यादव
  • #बैंक खाता ह्याक
  • #मोबाइल बैंकिङ
  • #डिजिटल बैंकिङ
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
  • #अनधिकृत रकम ट्रान्सफर
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • बर्दिबासका सरकारी अस्पतालमै रेबिजविरुद्धको खोप अभाव, निजीमा महँगो शुल्क तिर्न बाध्य बिरामी
बर्दिबासका सरकारी अस्पतालमै रेबिजविरुद्धको खोप अभाव, निजीमा महँगो शुल्क तिर्न बाध्य बिरामी
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, असोज १४, २०८३
A1 Beakery Add A1 Beakery Add

सरकारी अस्पतालमा रेबिजविरुद्ध दिइने एन्टी रेबिज भ्याक्सिन (एआरभी) को अभाव हुँदा बिरामी समस्यामा परेका छन् । स्याल तथा कुकुरको टोकाइका घटना बढ्दै गए पनि अस्पतालमा रेबिजविरुद्धको खोप अभाव हुँदा पीडितहरू निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर उपचार गराउन बाध्य भएका छन् ।

नेपालले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिज उन्मूलन गर्ने लक्ष्य लिएको छ । तर, सरकारी स्वास्थ्य संस्थामै एआरभी खोपको अभाव हुँदा विशेषगरी आर्थिक रूपमा कमजोर बिरामीलाई थप आर्थिक भार परेको छ ।

गत साता बिहान बजारबाट दूध किनेर घर फर्कंदै गरेका बर्दिबास नगरपालिका–२ का ७२ वर्षीय नीलप्रसाद गौतमलाई बर्दिबास–जलेश्वर सडकखण्डमा सेतो रङको भुस्याहा कुकुरले दाहिने खुट्टामा टोक्यो । केही बेरमै बर्दिबास कबाट बिस्कुट किनेर फर्किरहेकी वडा नं। १ की बालिका विनिता श्रेष्ठलाई पनि सोही कुकुरले टोकेको थियो ।

स्थानीयका अनुसार यसबिच सोही कुकुरले दर्जनभन्दा बढीलाई टोकेको छ । कुकुर अझै नियन्त्रणमा नआएकाले पीडितको सङ्ख्या थप बढ्न सक्ने स्थानीयको भनाइ छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

घटनापछि बर्दिबास अस्पताल पुग्नुभएका गौतमले त्यहाँ एआरभी खोप नपाएपछि निजी स्वास्थ्य संस्था शुभ स्वस्तिक अस्पतालमा शुल्क तिरेर खोप लगाएको बताउनुभयो । उहाँजस्तै बर्दिबास क्षेत्रका ५० जनाभन्दा बढी कुकुरको टोकाइका पीडित अहिले निजी स्वास्थ्य संस्था तथा क्लिनिकमा चर्को शुल्क तिरेर खोप लगाउन बाध्य भएका छन् ।

बर्दिबास अस्पतालको अभिलेखअनुसार रेबिजविरुद्धको खोप लगाउन आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र, जनकपुरले मागअनुसारको आपूर्ति नगर्दा भदौदेखि नै खोप सकिएको अस्पतालले जनाएको छ ।

अस्पतालको खोप शाखाका प्रमुख अर्जुन साहका अनुसार बर्दिबास अस्पतालमा रेबिजविरुद्धको खोप लगाउन वर्षमा करिब तीन हजार बिरामी आउने गर्छन् । एक जना बिरामीलाई सामान्यतया तीन डोज आवश्यक पर्ने भएकाले मागअनुसार खोप उपलब्ध नहुँदा समस्या भएको उहाँले बताउनुभयो ।

खोपको चरम अभाव भएपछि बर्दिबास नगरपालिकाले अस्पताललाई १०० भाइल एआरभी सहयोग गरेको थियो । बिरामीको बढ्दो चापका कारण उक्त खोप पनि केही दिनमै सकिएको साहले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०८३र८४ को साउन र भदौमा मात्रै बर्दिबास अस्पतालमा कुकुर, स्याल, बिरालो र बाँदरले टोकेका ३५३ जना बिरामी उपचारका लागि आएका थिए । उनीहरूका लागि ५३० डोज एआरभी आवश्यक थियो । तर, स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रले दुई महिनामा जम्मा २४० भाइल एआरभी उपलब्ध गराएको थियो ।

साहले भन्नुभयो, “साउन र भदौमा आएका बिरामी धान्नका लागि नै ११३ भाइल औषधि कम भयो । असोज ९ गतेसम्म रेबिजविरुद्धको सुई लगाउने ४० जना पुगिसकेका छन् । थप औषधि आएको छैन । यसले बिरामीलाई समस्या परेको छ ।”

बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रितेश घिमिरेले रेबिज प्राणघातक रोग भएकाले जोखिममा परेका व्यक्तिले सकेसम्म छिटो खोप लगाउनुपर्ने बताउनुभयो ।

डा। घिमिरेले भन्नुभयो, “रेबिजबाट बचाउने एआरभी एक मात्र उपाय हो । खोप लगाउन ढिलो गर्दा रेबिजको सङ्क्रमण केन्द्रीय स्नायु प्रणालीमा फैलियो भने यसको कुनै उपचार छैन । यस्तो अवस्थामा खोप अभाव हुनु दुर्भाग्यपूर्ण हो ।”

मधेश प्रदेशका स्वास्थ्य सचिव डा। प्रमोदकुमार यादवका अनुसार महोत्तरीमा मात्र नभई प्रदेशभर नै रेबिजविरुद्धको खोप अभाव छ । उहाँका अनुसार मधेस प्रदेशमा वार्षिक ५० हजारभन्दा बढी एआरभी खोप आवश्यक पर्छ । तर, टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाबाट बढीमा १५ देखि २० हजार डोज मात्र आपूर्ति हुने गरेको उहाँको भनाइ छ ।

“हामीले आपूर्ति बढाउन टेकुलाई आग्रह गर्दै आएका छौँ,” स्वास्थ्य सचिव यादवले भन्नुभयो, “अर्कोतिर जनस्वास्थ्यलाई दृष्टिगत गर्दै मधेस सरकारले चालु आवमा खोप खरिदका लागि एक करोड रुपियाँ बजेट छुट्याएको छ । ठेक्का प्रक्रियामार्फत रेबिज तथा सर्पदंशको खोपको आपूर्ति सहज बनाउने प्रयास भइरहेको छ ।”


प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  १०:५९
#मधेश प्रदेश #महोत्तरी #स्वास्थ्य सेवा #जनस्वास्थ्य #निजी अस्पताल #बर्दिबास अस्पताल #खोप अभाव #कुकुरको टोकाइ #रेबिज #एआरभी खोप
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मधेसमा ट्राफिक व्यवस्थापन सुधार्न आठ जिल्लाका प्रमुखसँग कार्यसम्पादन सम्झौता
मधेसमा ट्राफिक व्यवस्थापन सुधार्न आठ जिल्लाका प्रमुखसँग कार्यसम्पादन सम्झौता बुधबार, असोज १४, २०८३
मधेशमा असोजमै हुस्सु लाग्न थाल्यो
मधेशमा असोजमै हुस्सु लाग्न थाल्यो बुधबार, असोज १४, २०८३
महोत्तरीको भिठामोड नाकामा भारतीय पर्यटकलाई स्वागत तथा बिदाइ
महोत्तरीको भिठामोड नाकामा भारतीय पर्यटकलाई स्वागत तथा बिदाइ बुधबार, असोज १४, २०८३
ट्रान्सफर्मर र मोटर चोरीले महोत्तरीका किसान समस्यामा
ट्रान्सफर्मर र मोटर चोरीले महोत्तरीका किसान समस्यामा बुधबार, असोज १४, २०८३
स्क्रिन सेयर गराई खाताबाट रकम निकाल्ने चार जना पक्राउ
स्क्रिन सेयर गराई खाताबाट रकम निकाल्ने चार जना पक्राउ बुधबार, असोज १४, २०८३
जनकपुरधामको डेरीमा गृहमन्त्रीको छड्के अनुगमन, २५ किलो मिठाई नष्ट
जनकपुरधामको डेरीमा गृहमन्त्रीको छड्के अनुगमन, २५ किलो मिठाई नष्ट बुधबार, असोज १४, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
वर्षा र गर्मी बढेसँगै सर्पको जोखिम बढ्यो
वर्षा र गर्मी बढेसँगै सर्पको जोखिम बढ्यो वीरगंज सिटी
एसियाकै दोस्रो लामो दोधारा–चाँदनी झोलुङ्गे पुलमा क्षति
एसियाकै दोस्रो लामो दोधारा–चाँदनी झोलुङ्गे पुलमा क्षति वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज महानगरको संशोधित बजेट ४ अर्ब ४२ करोडबाट घटेर ४ अर्ब २१ करोडमा
वीरगंज महानगरको संशोधित बजेट ४ अर्ब ४२ करोडबाट घटेर ४ अर्ब २१ करोडमा वीरगंज सिटी
वीरगंज महानगरको विशेष नगरसभा कांग्रेसद्वारा बहिष्कार, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित
वीरगंज महानगरको विशेष नगरसभा कांग्रेसद्वारा बहिष्कार, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित वीरगंज सिटी
मल भित्रिने क्रम बढ्दा बीरगंजका गोदाम भरिए
मल भित्रिने क्रम बढ्दा बीरगंजका गोदाम भरिए वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
पोखरिया अस्पतालले ग्रामीण नागरिकलाई आवश्यक न्यूनतम स्वास्थ्य  सेवा पूर्ण रूपमा दिन सकेको छ त ?  अस्पतालको सेवा–सुविधा कस्तो छ ?
पोखरिया अस्पतालले ग्रामीण नागरिकलाई आवश्यक न्यूनतम स्वास्थ्य सेवा पूर्ण रूपमा दिन सकेको छ त ? अस्पतालको सेवा–सुविधा कस्तो छ ? वीरगंज सिटी
स्थानीय चुनाव नजिकिँदै गर्दा उम्मेदवारको चर्चा र नेतृत्वको बहस फेरि सुरु भएको छ । आउँदो स्थानीय तहकाे निर्वाचनमा तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ?
स्थानीय चुनाव नजिकिँदै गर्दा उम्मेदवारको चर्चा र नेतृत्वको बहस फेरि सुरु भएको छ । आउँदो स्थानीय तहकाे निर्वाचनमा तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
श्रीलंकासँग क्वार्टरफाइनल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरियो नेपाल
श्रीलंकासँग क्वार्टरफाइनल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरियो नेपाल वीरगंज सिटी
हङकङ सिक्सेसबाट नेपाल बाहिर, यसपटक नखेल्ने
हङकङ सिक्सेसबाट नेपाल बाहिर, यसपटक नखेल्ने वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP