नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ३० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।
यसअनुसार बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ ।