शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • समाज
  • गोली प्रहारपछि रुपन्देहीबाट बालिका अपहरणकारी पक्राउ, ३८ घण्टामा उद्धार
गोली प्रहारपछि रुपन्देहीबाट बालिका अपहरणकारी पक्राउ, ३८ घण्टामा उद्धार
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, असोज १८, २०८३
A1 Beakery Add A1 Beakery Add

रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएको आरोपमा प्रहरीले एक युवकलाई गोली प्रहार गरी पक्राउ गरेको छ ।

तिलोत्तमा नगरपालिका–१७ दरखसवाका २७ वर्षीय युवराज थारुलाई आइतबार राति तिलोत्तमाकै कान्छी बजारस्थित जंगलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ गर्ने क्रममा थारुले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि एक राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ। गोली लागेर उनको खुट्टामा चोट लागेको छ। उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार थारुले बुधबार राति घरमा सुतिरहेकी बालिकालाई अपहरण गरी जंगलतर्फ लगेका थिए। राति करिब २ बजेतिर बालिकालाई ओढाउन खोज्दा हजुरआमाले उनलाई घरमा नभेटेपछि परिवारले खोजी सुरु गरेको थियो। त्यसपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो ।

बालिका हराएको सूचना पाएलगत्तै प्रहरीले स्थानीय बस्ती, आसपासका क्षेत्र तथा जंगलमा खोजी अभियान सञ्चालन गरेको थियो। खोजीका क्रममा शुक्रबार साँझ कान्छी बजारस्थित जंगलबाट अपहरण भएको करिब ३८ घण्टापछि बालिकालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

बालिका फेला परेको स्थानबाट भेटिएको मोबाइल फोनलगायतका आधारमा प्रहरीले अपहरणमा संलग्न व्यक्तिको पहिचान गरेको थियो। त्यसपछि फरार रहेका थारुको खोजीलाई तीव्र बनाइएको थियो। उनी जंगलमै लुकेर बसेको आशंकामा प्रहरीले विभिन्न क्षेत्रमा निगरानी बढाएको थियो ।

आइतबार राति जंगलमा खोजी गर्ने क्रममा थारुलाई प्रहरीले फेला पारेको थियो। नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ। गोली लागेपछि उनलाई नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पठाइएको हो ।

उद्धार गरिएकी बालिका हाल प्रहरीको सुरक्षामा रहेको आश्रयस्थलमा राखिएको प्रहरीले जनाएको छ। उनको स्वास्थ्य परीक्षणसमेत गरिएको र हाल स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

बालिकाका आफन्तका अनुसार परिवार आर्थिक रूपमा कमजोर छ र बालिकाका आमाबुवा मजदुरी गर्दै आएका छन्। बालिका हजुरबा–हजुरआमासँग बस्दै आएकी थिइन् ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। अपहरणको उद्देश्य, घटनामा अन्य व्यक्तिको संलग्नता तथा बालिकाले दिएको विवरणका आधारमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  ११:२२
#रुपन्देही #प्रहरी कारबाही #लुम्बिनी प्रदेश #तिलोत्तमा #बालिका उद्धार #बालिका अपहरण #युवराज थारु #कान्छी बजार #अपहरण घटना
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य शनिबार, मंसिर ५, २०८३
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ शुक्रबार, मंसिर ४, २०८३
दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध चार दिन म्याद
दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध चार दिन म्याद शुक्रबार, मंसिर ४, २०८३
ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते
ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते बिहीबार, मंसिर ३, २०८३
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ बुधबार, मंसिर २, २०८३
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने पक्राउ
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने पक्राउ बुधबार, मंसिर २, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य वीरगंज सिटी
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
सात वनदेवी स्थलमा ऐतिहासिक धार्मिक मेला लाग्दै, तयारी अन्तिम चरणमा
सात वनदेवी स्थलमा ऐतिहासिक धार्मिक मेला लाग्दै, तयारी अन्तिम चरणमा वीरगंज सिटी
पर्सा मिलन केन्द्रकाे २५औँ वार्षिकउत्सव समारोह सम्पन्न,  विभिन्न सात विधाका व्यक्तित्व सम्मानित
पर्सा मिलन केन्द्रकाे २५औँ वार्षिकउत्सव समारोह सम्पन्न, विभिन्न सात विधाका व्यक्तित्व सम्मानित वीरगंज सिटी
वीरगंजमा शिख धर्मका संस्थापक गुरु नानकको जन्मजयन्ती मनाइँदै
वीरगंजमा शिख धर्मका संस्थापक गुरु नानकको जन्मजयन्ती मनाइँदै वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण वीरगंज सिटी
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP