शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • चिन्ता सामान्य कि मानसिक स्वास्थ्यको गम्भीर संकेत ?
चिन्ता सामान्य कि मानसिक स्वास्थ्यको गम्भीर संकेत ?
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, असोज २१, २०८३
A1 Beakery Add A1 Beakery Add

कहिलेकाहीँ मन अशान्त हुनु, कुनै घटनाका कारण तनावमा पर्नु वा भविष्यलाई लिएर चिन्ता लाग्नु सामान्य मानिन्छ। तर चिन्ता, तनाव वा उदासी लामो समयसम्म रहिरह्यो र त्यसले दैनिक जीवनमा असर पार्न थाल्यो भने त्यसलाई सामान्य अवस्था भनेर बेवास्ता गर्नु उचित हुँदैन ।

‘आजकल कुनै काम गर्न मन लाग्दैन’, ‘सधैँ तनाव हुन्छ’, ‘मानिसहरूसँग भेट्न मन लाग्दैन’ वा पहिले रमाइलो लाग्ने गतिविधिमा समेत रुचि हराउँदै गएको छ भने यस्ता परिवर्तन मानसिक स्वास्थ्यमा समस्या देखिएको संकेत हुन सक्छन् ।

मनोवैज्ञानिक डा. कोमलप्रीत कौरका अनुसार मानसिक स्वास्थ्यमा देखिने परिवर्तनलाई समयमै पहिचान गर्नु महत्वपूर्ण हुन्छ। विशेषगरी दुई साताभन्दा बढी समयसम्म उदासी, अत्यधिक चिन्ता, निद्रा वा खानपानमा परिवर्तन तथा सामाजिक गतिविधिबाट टाढिँदै जाने अवस्था देखिए विशेषज्ञसँग परामर्श लिनुपर्ने हुन सक्छ ।

कुन अवस्थामा विशेषज्ञको सहयोग आवश्यक पर्छ?

Add Sarwotam HospitalAdd Sarwotam Hospital

मानसिक स्वास्थ्यसम्बन्धी समस्या सबै व्यक्तिमा एउटै रूपमा देखिँदैन। तर लामो समयसम्म अत्यधिक चिन्ता भइरहनु, निद्रा धेरै वा कम हुनु, खानामा असामान्य परिवर्तन आउनु, लगातार तनावमा रहनु तथा परिवार र साथीभाइबाट अलग हुन थाल्नु भनेका ध्यान दिनुपर्ने संकेत हुन् ।

यसैगरी, पहिले खुसी दिने काममा समेत रुचि हराउँदै जानु महत्वपूर्ण संकेत हुन सक्छ। यस्ता परिवर्तनले पढाइ, रोजगारी, पारिवारिक सम्बन्ध वा सामाजिक जीवनमा असर पार्न थालेमा मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग लिनु आवश्यक हुन सक्छ ।

तनाव, एङ्जाइटी र डिप्रेसन एउटै होइन

तनाव प्रायः कुनै विशेष परिस्थिति वा घटनासँग सम्बन्धित हुन्छ। परिस्थितिमा सुधार आएपछि तनाव कम हुन सक्छ। तर एङ्जाइटी वा डिप्रेसनले व्यक्तिको सोच, भावना र दैनिक क्रियाकलापमा लामो समयसम्म असर पार्न सक्छ ।

भविष्यलाई लिएर अत्यधिक र नियन्त्रण गर्न कठिन हुने चिन्ता भइरहनु तथा त्यसका कारण दैनिक कामकाज प्रभावित हुनु एङ्जाइटीसँग सम्बन्धित हुन सक्छ। त्यसैले ‘सबैलाई तनाव हुन्छ’ भन्दै मानसिक स्वास्थ्यमा आएको गम्भीर परिवर्तनलाई बेवास्ता गर्नु उचित हुँदैन ।

मनोवैज्ञानिक र मनोचिकित्सकबीच के फरक ?

मनोवैज्ञानिकले व्यक्तिको सोच, भावना र व्यवहारसँग सम्बन्धित समस्यामा परामर्श तथा विभिन्न मनोचिकित्सकीय विधिमार्फत सहयोग गर्छन् ।

मनोचिकित्सक भने चिकित्सक हुन्। आवश्यकताअनुसार उनीहरूले औषधिसहित उपचार गर्न सक्छन्। कतिपय अवस्थामा मनोवैज्ञानिक र मनोचिकित्सकले समन्वय गरेर पनि उपचार गर्ने गर्छन् ।

सामाजिक सञ्जालले पनि बढाउन सक्छ मानसिक दबाब

सामाजिक सञ्जालको अत्यधिक प्रयोगले पनि मानसिक स्वास्थ्यमा असर पार्न सक्ने डा. कौर बताउँछिन्। लगातार छोटा भिडियो, रिल्स र विभिन्न प्रकारका सामग्री हेर्दा एकपछि अर्को भावनात्मक तथा सूचनात्मक उत्तेजना प्राप्त भइरहन्छ ।

धेरै सामग्री एकैपटक उपभोग गर्दा ध्यान केन्द्रित गर्न कठिन हुने, दिमागमा धेरै कुरा एकसाथ चलिरहने र ‘ब्रेन फग’ जस्तो अनुभव हुन सक्ने उनको भनाइ छ। त्यसैले सामाजिक सञ्जाल प्रयोगमा समय र सीमाबारे सचेत हुनु आवश्यक हुन्छ ।

दैनिक बानीले मानसिक स्वास्थ्यमा पार्छ प्रभाव

मानसिक स्वास्थ्यका लागि दैनिक जीवनका सामान्य बानीमा ध्यान दिनु पनि महत्वपूर्ण हुन्छ। नियमित हिँडडुल वा व्यायाम, सन्तुलित खानपान, पर्याप्त आराम, ध्यान तथा गहिरो श्वासप्रश्वासको अभ्यास उपयोगी हुन सक्छ ।

त्यस्तै, काम र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्नुपर्ने मनोवैज्ञानिकहरूको सुझाव छ। कार्यस्थलको तनाव घरसम्म र घरको समस्या कार्यस्थलसम्म निरन्तर बोकेर हिँड्दा मानसिक दबाब थपिन सक्छ ।

महिलामा दोहोरो जिम्मेवारीको दबाब

घर, बालबालिका, रोजगारी तथा आर्थिक जिम्मेवारी एकैपटक सम्हाल्नुपर्ने अवस्थाले महिलामा मानसिक दबाब बढाउन सक्छ। कामकाजी महिलाले घरको जिम्मेवारी र घरमा रहेका महिलाले पारिवारिक भूमिकासँग जोडिएको तनाव अनुभव गर्न सक्ने अवस्था हुन्छ  ।

त्यस्तै, लामो समय बालबालिकाको हेरचाहमा बिताएका महिलाका सन्तान आफ्नै जीवनमा व्यस्त भएपछि एक्लोपन वा आफू अब आवश्यक नरहेको जस्तो नकारात्मक भावना विकास हुन सक्छ। यस्तो अवस्थामा परिवारको साथ, सामाजिक सम्बन्ध र आवश्यक परे विशेषज्ञको परामर्श महत्वपूर्ण हुन्छ।

बालबालिकाको मानसिक स्वास्थ्यमा अभिभावकको भूमिका

बालबालिकाको भावनात्मक विकासमा अभिभावकको व्यवहारको ठूलो प्रभाव हुन्छ । उनीहरूलाई अरूसँग तुलना गर्नुको सट्टा प्रयासको प्रशंसा गर्न आवश्यक हुन्छ।

‘तिमी अल्छी छौ’, ‘तिमी असफल हुन्छौ’ वा ‘तिमी खराब छौ’ जस्ता नकारात्मक शब्दले बालबालिकाको आत्मविश्वासमा असर पार्न सक्छ। गल्ती हुँदा बच्चालाई नै खराब भन्नुभन्दा उसको व्यवहार वा काम गलत भएको कुरा बुझाउनु उपयुक्त हुन्छ ।

अभिभावकले बालबालिकासँग पर्याप्त समय बिताउने, कुराकानी गर्ने र उनीहरूको कुरा ध्यानपूर्वक सुन्ने वातावरण बनाउनुपर्छ। बच्चाले आफ्ना समस्या वा भावना खुलेर व्यक्त गर्न सक्ने सुरक्षित पारिवारिक वातावरण मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ ।

मानसिक स्वास्थ्यसम्बन्धी समस्या उपचारयोग्य छन्

मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिँदैमा व्यक्ति जीवनभर त्यही अवस्थामा रहन्छ भन्ने हुँदैन। समस्याको प्रकृति र आवश्यकताअनुसार परामर्श, मनोचिकित्सा तथा औषधिसहितका उपचारबाट सहयोग लिन सकिन्छ।

सबैभन्दा महत्वपूर्ण कुरा समस्या लुकाएर राख्नुको सट्टा समयमै पहिचान गर्नु हो। मानसिक स्वास्थ्यमा आएको परिवर्तनले दैनिक जीवन, काम, सम्बन्ध वा आफ्नो हेरचाहमा असर पार्न थालेमा विशेषज्ञसँग परामर्श लिनु उचित हुन्छ।

मन खराब हुनु कमजोरी होइन। मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्यजत्तिकै महत्वपूर्ण भएकाले समस्या देखिँदा सहयोग माग्नु उपचारतर्फको महत्वपूर्ण कदम हुन सक्छ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १२:५२
#सामाजिक सञ्जाल #मानसिक स्वास्थ्य #महिला मानसिक स्वास्थ्य #तनाव #डिप्रेसन #चिन्ता #एङ्जाइटी #मनोवैज्ञानिक #मनोचिकित्सक #मानसिक स्वास्थ्य समस्या #बालबालिकाको मानसिक स्वास्थ्य
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
विजय सरावगीको घरबाट बिचारी यादवको घरमा सर्‍यो एमाले महानगर कमिटीको बैठक
विजय सरावगीको घरबाट बिचारी यादवको घरमा सर्‍यो एमाले महानगर कमिटीको बैठक बुधबार, मंसिर ९, २०८३
पत्रकारमाथिको धरपकडविरुद्ध पर्साका पत्रकार सडकमा, सीडीओ कार्यालयअगाडि प्रदर्शन
पत्रकारमाथिको धरपकडविरुद्ध पर्साका पत्रकार सडकमा, सीडीओ कार्यालयअगाडि प्रदर्शन बुधबार, मंसिर ९, २०८३
भन्सार छलीका सामानसहित तीनवटा गाडी प्रहरी नियन्त्रणमा
भन्सार छलीका सामानसहित तीनवटा गाडी प्रहरी नियन्त्रणमा बुधबार, मंसिर ९, २०८३
पर्सामा भन्सार छलीका २२ लाखभन्दा बढीका सामान बरामद, तीनवटा गाडी नियन्त्रणमा
पर्सामा भन्सार छलीका २२ लाखभन्दा बढीका सामान बरामद, तीनवटा गाडी नियन्त्रणमा मंगलबार, मंसिर ८, २०८३
सिताराम राउत जग्गा प्रकरण : ऋणबापत दिएको जग्गा समेत राजकुमार राउतले हडपिएको विनोद पटेलकाे दाबी, न्यायको खोजीमा पीडित पक्ष (भिडियो रिपोर्ट सहित)
सिताराम राउत जग्गा प्रकरण : ऋणबापत दिएको जग्गा समेत राजकुमार राउतले हडपिएको विनोद पटेलकाे दाबी, न्यायको खोजीमा पीडित पक्ष (भिडियो रिपोर्ट सहित) मंगलबार, मंसिर ८, २०८३
बहुदरमाईको प्रसिद्ध पाँचदिने मेला सुरु, नगर प्रमुख तेलीद्वारा उद्घाटन  (तस्बिर सहित)
बहुदरमाईको प्रसिद्ध पाँचदिने मेला सुरु, नगर प्रमुख तेलीद्वारा उद्घाटन (तस्बिर सहित) मंगलबार, मंसिर ८, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
उदयपुरमा २६ हजारभन्दा बढी गाँजाका बोट फडानी गरी नष्ट
उदयपुरमा २६ हजारभन्दा बढी गाँजाका बोट फडानी गरी नष्ट वीरगंज सिटी
मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको दुई किलोभन्दा बढी सुनसहित दुई चिनियाँ पक्राउ
मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको दुई किलोभन्दा बढी सुनसहित दुई चिनियाँ पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
विजय सरावगीको घरबाट बिचारी यादवको घरमा सर्‍यो एमाले महानगर कमिटीको बैठक
विजय सरावगीको घरबाट बिचारी यादवको घरमा सर्‍यो एमाले महानगर कमिटीको बैठक वीरगंज सिटी
पत्रकारमाथिको धरपकडविरुद्ध पर्साका पत्रकार सडकमा, सीडीओ कार्यालयअगाडि प्रदर्शन
पत्रकारमाथिको धरपकडविरुद्ध पर्साका पत्रकार सडकमा, सीडीओ कार्यालयअगाडि प्रदर्शन वीरगंज सिटी
भन्सार छलीका सामानसहित तीनवटा गाडी प्रहरी नियन्त्रणमा
भन्सार छलीका सामानसहित तीनवटा गाडी प्रहरी नियन्त्रणमा वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
आफन्तलाई ल्याउन वीरगंज महानगर शिक्षा शाखाको रातारात कसरत : चितवनबाट शिक्षिकाको जिल्लान्तर सरुवा
आफन्तलाई ल्याउन वीरगंज महानगर शिक्षा शाखाको रातारात कसरत : चितवनबाट शिक्षिकाको जिल्लान्तर सरुवा वीरगंज सिटी
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
खेलकुद
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित वीरगंज सिटी
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP