भारतीय युट्युबर तथा सामाजिक सञ्जाल इन्फ्लुएन्सर ध्रुव राठीलाई प्रहरीले नियन्त्रणमा लिएको केही घण्टामै रिहा गरेको छ ।
गुरुग्राम प्रहरीका प्रवक्ताका अनुसार राठीलाई नियन्त्रणमा लिएको केही समयपछि नै रिहा गरिएको हो ।
राठीलाई शनिबार बिहान भारतको गुरुग्रामस्थित सेक्टर ५६ को सेन्ट्रल पार्क विहारबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। नयाँ दिल्लीको जन्तर–मन्तरमा ‘ककरोच जनता पार्टी’ (सीजेपी) ले आयोजना गरेको विरोध प्रदर्शनलाई समर्थन गर्न जाने क्रममा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको केही घण्टामै रिहा गरेपछि घटनाबारे चासो बढेको छ ।