कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेसहित तीन जना शीर्ष नेता प्रहरी हिरासतबाट रिहा भएका छन् ।
रिहा हुनेमा सीजेपीका संस्थापक दीपके, सह–संयोजक सौरव दास र आशुतोष रांका रहेका छन् । ‘लाइभ ल’ को रिपोर्टअनुसार, तीनै जनालाई कार्यकारी मजिस्ट्रेटसमक्ष पेस गरेपछि रिहा गर्ने आदेश जारी भएको हो ।
तीनै जना नेताका वकिल सौतिक बनर्जीले उनीहरू हिरासतबाट मुक्त भएको पुष्टि गरेका छन् ।
दिल्ली प्रहरीले अक्टोबर १० मा दीपकेसहित तीनै जनालाई दिल्ली विमानस्थलमा विमानभित्रैबाट नियन्त्रणमा लिएको थियो । उनीहरूलाई नियन्त्रणमा लिएपछि सीजेपीले लगातार रिहाइको माग गर्दै आएको थियो ।
यसै प्रकरणमा नियन्त्रणमा लिइएका चर्चित युट्युबर ध्रुव राठीलाई भने प्रहरीले यसअघि नै हिरासतबाट रिहा गरिसकेको थियो ।
तीनै नेताको रिहाइसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको घटनाले फेरि चर्चा पाएको छ ।