पर्सागढी नगरपालिकाले पदाधिकारी तथा कार्यालय प्रयोजनमा ४१ लाख ५१ हजार रुपैयाँ इन्धनमा खर्च गरेको छ ।
नगरपालिकामा विभिन्न सरकारी तथा भाडाका सवारीसाधनसहित २५ वटा मोटरसाइकल रहेको भए पनि इन्धन खर्च गर्दा पासमा आवश्यक अभिलेख नराखिएको महालेखाले जनाएको छ । त्यस्तै, सवारीसाधनका लागि मासिक रूपमा इन्धन वितरण गर्दा स्पष्ट मापदण्डसमेत पालना नभएको प्रतिवेदनमा उल्लेख रहेको छ।