बिन्दबासिनी गाउँपालिकाले कार्यालय प्रयोजनका लागि २८ लाख ७२ हजार रुपैयाँ इन्धनमा खर्च गरेको छ । तर सवारीसाधनअनुसारको इन्धन खपतको लगबुक तथा बिल व्यवस्थित रूपमा नराखिएको पाइएको छ ।
कुन सवारीसाधनमा कति इन्धन खपत भयो भन्ने विवरणसमेत लेखापरीक्षणका क्रममा पेश नगरिएको महालेखाले जनाएको छ । महालेखाले सवारीसाधनगत लगबुक राख्न, इन्धनको आदेशपत्र र आपूर्तिकर्ताको बिल भिडान गर्न तथा इन्धन खर्चमा मितव्ययिता कायम गर्न सुझाव दिएको छ ।