छिपहरमाई गाउँपालिकाले पदाधिकारी इन्धनमा १० लाख रुपैयाँ र कार्यालय प्रयोजनमा ३० लाख रुपैयाँ गरी ४० लाख रुपैयाँ इन्धनमा खर्च गरेको देखिन्छ । तर लेखापरीक्षणका क्रममा इन्धनका बिल, कुपन र लगबुक माग गर्दा पेश नगरिएको प्रतिवेदनमा उल्लेख छ ।
गाउँपालिकाले कर्मचारी तथा विभिन्न सवारीसाधनका लागि इन्धन सुविधा उपलब्ध गराउँदै आए पनि त्यसको वास्तविक उपयोग र खपत प्रमाणित गर्ने अभिलेख स्पष्ट नरहेको जनाएको छ ।