शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • उच्च पहाडी र हिमाली क्षेत्रमा लेक लाग्ने समस्या व्यवस्थापनका लागि मापदण्ड स्वीकृत
उच्च पहाडी र हिमाली क्षेत्रमा लेक लाग्ने समस्या व्यवस्थापनका लागि मापदण्ड स्वीकृत
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, कात्तिक २०, २०८३
A1 Beakery Add A1 Beakery Add

उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको रोकथाम, पहिचान, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारले नयाँ मापदण्ड स्वीकृत गरेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३’ स्वीकृत गरेको हो ।

उच्च उचाइमा यात्रा गर्ने पर्यटक, पदयात्री, पर्वतारोही तथा स्थानीय बासिन्दामा देखिन सक्ने लेक लाग्ने समस्याको समयमै पहिचान र उचित उपचार सुनिश्चित गर्नु मापदण्डको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।

मापदण्डले विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रका स्वास्थ्य संस्थाको उपचार क्षमता अभिवृद्धि, आवश्यक औषधि तथा उपकरणको उपलब्धता र आपत्कालीन उद्धार एवं बिरामीलाई अन्य स्वास्थ्य संस्थामा प्रेषण गर्ने प्रणालीलाई व्यवस्थित गर्न मार्गदर्शन गर्नेछ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

समुद्री सतहबाट २ हजार ५०० मिटर वा सोभन्दा बढी उचाइमा पुग्दा वायुमण्डलीय चाप कम भई शरीरमा अक्सिजनको उपलब्धता घट्छ । शरीरले उक्त वातावरणमा समयमै अनुकूलन गर्न नसक्दा लेक लाग्ने समस्या देखिन सक्छ ।

सामान्य लक्षणबाट सुरु हुने यो समस्या समयमै पहिचान र उपचार नभए फोक्सोमा पानी जम्ने तथा मस्तिष्क सुन्निने जस्ता गम्भीर अवस्था सिर्जना हुन सक्छ । यस्तो अवस्थामा बिरामीको ज्यानसमेत जान सक्ने जोखिम रहने भएकाले मापदण्डले रोकथाम र उपचारलाई प्राथमिकता दिएको छ ।

मापदण्डअनुसार लेक लाग्ने समस्या रोकथामका लागि उचाइ क्रमशः बढाउँदै लैजाने, शरीरलाई अनुकूलन हुन पर्याप्त समय दिने, प्रशस्त झोल पदार्थ पिउने र लक्षण देखिएमा थप उचाइमा नजानेजस्ता उपाय अपनाउनुपर्नेछ ।

त्यस्तै, समस्या देखिएका बिरामीलाई आवश्यकताअनुसार तत्काल कम उचाइमा झार्ने, अक्सिजन तथा प्रेसर ब्याग प्रयोग गर्ने र स्वास्थ्य अवस्थाअनुसार उपचार गर्ने व्यवस्था गरिएको छ ।

यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रका स्वास्थ्य संस्थामा अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, हाइपरबेरिक चेम्बर, आकस्मिक उपचारका उपकरण तथा आवश्यक औषधिको व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख छ । लेक लाग्ने समस्याको पहिचान, उपचार तथा व्यवस्थापनका लागि आवश्यक औषधि र उपकरणको सूचीसमेत समावेश गरिएको छ ।

मापदण्डले संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारीसमेत निर्धारण गरेको छ । जसअनुसार संघीय सरकारले नीति, मापदण्ड, जनशक्ति तथा बजेट व्यवस्थापन र अनुगमन गर्नेछ। प्रदेश सरकारले स्वास्थ्यकर्मीको क्षमता विकास तथा प्राविधिक सहयोग गर्नेछ भने स्थानीय तहले स्वास्थ्य सेवाको पहुँच, आवश्यक औषधि तथा सामग्रीको व्यवस्थापन र बिरामीको प्रेषण प्रणाली सुनिश्चित गर्नुपर्नेछ ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको उक्त मापदण्ड मन्त्रालयबाट स्वीकृत भएको मितिदेखि लागू हुने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १५:३२
#स्वास्थ्य मन्त्रालय #स्वास्थ्य सेवा #नयाँ मापदण्ड #हिमाली क्षेत्र #पदयात्रा #अक्सिजन #पर्वतारोहण #आपत्कालीन उद्धार #उच्च पहाडी क्षेत्र #लेक लाग्ने समस्या #पर्यटक स्वास्थ्य #जनस्वास्थ्य सेवा ऐन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्वास्थ्य
मानसिक स्वास्थ्यसम्बन्धी नयाँ कानुन ल्याउँदै सरकार
मानसिक स्वास्थ्यसम्बन्धी नयाँ कानुन ल्याउँदै सरकार बिहीबार, कात्तिक १९, २०८३
मधेशको स्वास्थ्य क्षेत्रका बेथिति अन्त्य गर्न मन्त्रालय सक्रिय : मन्त्री साह
मधेशको स्वास्थ्य क्षेत्रका बेथिति अन्त्य गर्न मन्त्रालय सक्रिय : मन्त्री साह बुधबार, कात्तिक १८, २०८३
रसुवाका बाढी प्रभावित २१ हजारभन्दा बढीले पाए स्वास्थ्य सेवा
रसुवाका बाढी प्रभावित २१ हजारभन्दा बढीले पाए स्वास्थ्य सेवा मंगलबार, कात्तिक १७, २०८३
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु मंगलबार, कात्तिक १७, २०८३
स्वास्थ्यमा समस्या आएपछि डा. गोविन्द केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो
स्वास्थ्यमा समस्या आएपछि डा. गोविन्द केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो सोमबार, कात्तिक १६, २०८३
दम रोगबाट बच्न समयमै अपनाऔँ सावधानी
दम रोगबाट बच्न समयमै अपनाऔँ सावधानी आइतबार, कात्तिक १५, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार वीरगंज सिटी
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा ३ करोड ९५ लाख खर्चेर बनाइएका बर्थिङ सेन्टर अलपत्र, चार वर्षसम्म सेवा सञ्चालन भएन
वीरगंजमा ३ करोड ९५ लाख खर्चेर बनाइएका बर्थिङ सेन्टर अलपत्र, चार वर्षसम्म सेवा सञ्चालन भएन संजय यादव
वीरगंज महानगरको सोलार पोल ठेक्कामा केरमेट , पुनम आर्टसको बोलपत्र विवादमा
वीरगंज महानगरको सोलार पोल ठेक्कामा केरमेट , पुनम आर्टसको बोलपत्र विवादमा वीरगंज सिटी
छठ पर्वलाई लक्षित गर्दै सिर्सिया नदीमा पानीको बहाव बढाउने विकल्प खोजिँदै
छठ पर्वलाई लक्षित गर्दै सिर्सिया नदीमा पानीको बहाव बढाउने विकल्प खोजिँदै वीरगंज सिटी
विशेष खोज
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
हामीलाई भन्नुछ
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित वीरगंज सिटी
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
खेलकुद
टस जित्दै जनकपुरले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो
टस जित्दै जनकपुरले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो वीरगंज सिटी
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP