काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले मन्त्री र प्रधानमन्त्रीको सम्पत्ति विवरण खोजको छ ।
बुधबार प्रतिनिधिसभामा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक अगाडि बढाउने प्रस्तावमाथिको छलफलका क्रममा उनले ७ महिनासम्म पनि सरकारले सम्पत्ति बुझाउन नसकेको भन्दै ठुला कुरा गरेर दुनियाँ हँसाएको बताएका हुन् ।
उनले प्रश्न गरे ‘सरकार बनेको सात महिनासम्म आफूले कमाएको सम्पत्ति बुझाउन नसक्ने सरकारले, नचाहने सरकारले ठूला ठूला कुरा र गफ गरेर किन दुनियाँ हँसाउनु ?’