शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
अन्तराष्ट्रिय
  • गृहपृष्ठ
  • अन्तराष्ट्रिय
  • बंगलादेशमा हिंसा चर्कियो, सत्तारूढ दलका दुई नेताको हत्या
बंगलादेशमा हिंसा चर्कियो, सत्तारूढ दलका दुई नेताको हत्या
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, मंसिर ४, २०८३
A1 Beakery Add A1 Beakery Add

बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले देशव्यापी बन्द आह्वान गरेपछि राजनीतिक हिंसा चर्किएको छ । विभिन्न क्षेत्रमा आगजनी, तोडफोड र झडपका घटना भइरहेका बेला सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का दुई नेताको हत्या भएको छ ।

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले पूर्वप्रधानमन्त्री हसिनाको पार्टी अवामी लिगमाथि देशलाई अस्थिर बनाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

भारतसँग सीमा जोडिएको उत्तरपश्चिमी जिल्ला लालमोनिरहाटमा बिहीबार आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री रहमानले अवामी लिगका समर्थकहरूले अशान्ति फैलाउन आगजनी र हत्याजस्ता गतिविधि गरिरहेको आरोप लगाए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बिहीबार प्रतिबन्धित अवामी लिग र त्यसका सहयोगी संगठनका नेता तथा बीएनपीका कार्यकर्ताबीच भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको छ । बीबीसी बंगलाका अनुसार बुधबार नाराइलमा विरोध प्रदर्शनमा सहभागी भएर फर्किने क्रममा भएको आक्रमणमा बीएनपीका दुई नेताको हत्या भएको थियो । प्रहरीले आक्रमणमा प्रतिबन्धित अवामी लिगका नेता तथा कार्यकर्ता संलग्न रहेको जनाएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

न्यु एज पत्रिकाका अनुसार बिहीबारसम्म बंगलादेशका १८ जिल्लामा हिंसा फैलिएको थियो । मंगलबार रातिदेखि नै विभिन्न स्थानमा आगजनी, तोडफोड र घरेलु बम विस्फोटका घटना भएका थिए । प्रदर्शनकारीले बस, प्रहरी कार्यालय, बीएनपीका कार्यकर्ताका घर, पार्टी कार्यालय र ग्रामीण बैंकका शाखालाई निशाना बनाएका थिए ।

गोपालगन्जमा राजमार्गमा सवारीसाधन जलाउनुका साथै रुख ढालेर आवागमन अवरुद्ध गर्ने प्रयास गरिएको थियो । त्यहाँ प्रदर्शनकारीले प्रहरी कार्यालय, एक सांसदको निवास तथा उनका आफन्त र समर्थकका घरमा समेत आगजनी गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

त्यस्तै, चटगाउँमा पूर्वअन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको पैतृक घरमा आगजनी गरिएको छ । राजधानी ढाकामा बिहान हुनुअघि विभिन्न स्थानमा घरेलु बम विस्फोट भएका थिए । नारायणगन्ज, मैमनसिंह र राजशाहीमा अज्ञात समूहले पाँचवटा बस र एउटा ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ । ढाकामा भएका हिंसात्मक घटनामा कम्तीमा चार जना घाइते भएका छन् ।

हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा अवामी लिगका कैयौँ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत रहेका छन् । ढाकामा प्रहरीले प्रतिबन्धित अवामी लिग र त्यसका सहयोगी संगठनका कम्तीमा ७१ जना नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

यसअघि प्रधानमन्त्री रहमानले बीएनपीका सांसदहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा फर्केर स्थानीय कार्यकर्तासँगै सडकमा सक्रिय हुन निर्देशन दिएका थिए । उनले अवामी लिगका कार्यकर्ताको गतिविधिको प्रतिवाद गर्न सांसदहरू आफैँ अग्रसर हुनुपर्ने भन्दै सुरक्षाका लागि प्रशासनमाथि मात्रै निर्भर नहुन आग्रह गरेका थिए ।

भारतमा रहेकी शेख हसिनालाई बंगलादेश फर्काउने विषयमा समेत तनाव बढिरहेको छ । बंगलादेश सरकारले हसिनाले स्वेच्छाले फर्किएर कानुनी प्रक्रियाको सामना गर्ने इच्छा व्यक्त गरे पनि भारतसँग भएको द्विपक्षीय सन्धिअनुसार उनलाई सुपुर्दगी गर्नुपर्ने माग दोहोर्‍याएको छ ।

हसिना सत्ताबाट हटेपछि मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको थियो । प्रधानमन्त्री तारिक रहमान नेतृत्वको बीएनपी सरकारले फेब्रुअरी १२ मा भएको निर्वाचनबाट सत्ता सम्हालेपछि पनि उक्त प्रतिबन्धलाई निरन्तरता दिएको छ ।

यसैबीच, ढाका उच्च अदालतले देशका सबै सार्वजनिक विश्वविद्यालयका प्रवेश परीक्षा डिसेम्बर ३१ सम्म स्थगित गर्न आदेश दिएको छ । हिंसात्मक घटनाका कारण राजधानीसहित विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  १६:११
#बंगलादेश #तोडफोड #आगजनी #अन्तर्राष्ट्रिय समाचार #राजनीतिक हिंसा #शेख हसिना #ढाका #तारिक रहमान #अवामी लिग #बंगलादेशमा हिंसा #बंगलादेश नेसनलिस्ट पार्टी #बीएनपी #दुई नेताको हत्या #मोहम्मद युनुस #भारत–बंगलादेश सम्बन्ध
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अन्तराष्ट्रिय
शेख हसिनाको गृहनगरमा सुरक्षा सतर्कता, १० प्लाटुन बिजिबी परिचालन
शेख हसिनाको गृहनगरमा सुरक्षा सतर्कता, १० प्लाटुन बिजिबी परिचालन मंगलबार, मंसिर १, २०८३
आसियान र पूर्वी एसिया शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी मनिला जाँदै
आसियान र पूर्वी एसिया शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी मनिला जाँदै सोमबार, कात्तिक ३०, २०८३
स्पेसएक्सको स्टारशिप रकेट परीक्षणमा बुस्टर समात्ने प्रयास अन्तिम समयमा रद्द, चन्द्र अभियानमा पनि प्रभाव पर्न सक्ने
स्पेसएक्सको स्टारशिप रकेट परीक्षणमा बुस्टर समात्ने प्रयास अन्तिम समयमा रद्द, चन्द्र अभियानमा पनि प्रभाव पर्न सक्ने सोमबार, कात्तिक ३०, २०८३
खाडी राष्ट्रहरूको दबाबपछि इरानमाथि तत्काल थप आक्रमण नगर्ने ट्रम्पको संकेत, होर्मुजमा अमेरिकी नाकाबन्दी भने जारी
खाडी राष्ट्रहरूको दबाबपछि इरानमाथि तत्काल थप आक्रमण नगर्ने ट्रम्पको संकेत, होर्मुजमा अमेरिकी नाकाबन्दी भने जारी मंगलबार, कात्तिक २४, २०८३
ममता काफ्ले हत्या प्रकरणमा नयाँ खुलासा: पत्नीको शव आराले काटेर व्यवस्थापन गरेकाे नरेश भट्टको स्वीकारोक्ति, अमेरिकी अदालतमा तनाव, ममताकी आमा रुँदै बाहिरिइन् ( भिडियो रिपोर्ट सहित)
ममता काफ्ले हत्या प्रकरणमा नयाँ खुलासा: पत्नीको शव आराले काटेर व्यवस्थापन गरेकाे नरेश भट्टको स्वीकारोक्ति, अमेरिकी अदालतमा तनाव, ममताकी आमा रुँदै बाहिरिइन् ( भिडियो रिपोर्ट सहित) आइतबार, कात्तिक २२, २०८३
नासाको २२ वर्ष पुरानो टेलिस्कोप पृथ्वीमा खस्दै, भारतमा पनि जोखिम
नासाको २२ वर्ष पुरानो टेलिस्कोप पृथ्वीमा खस्दै, भारतमा पनि जोखिम बुधबार, कात्तिक १८, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ वीरगंज सिटी
दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध चार दिन म्याद
दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध चार दिन म्याद वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज चिनी कारखाना सञ्चालनमा ल्याउन थप १ अर्ब १८ करोड आवश्यक
वीरगंज चिनी कारखाना सञ्चालनमा ल्याउन थप १ अर्ब १८ करोड आवश्यक वीरगंज सिटी
वीरगंजसहित बारा र पर्साका छ पालिकालाई जोड्ने नगर बस सञ्चालनको तयारी
वीरगंजसहित बारा र पर्साका छ पालिकालाई जोड्ने नगर बस सञ्चालनको तयारी वीरगंज सिटी
मेयरकाे घर तोडफोड प्रकरण : पुर्पक्षमा रहेका रंजन कुमार सिंह र अबु अयुब हुसेनलाई जनही २ लाख धरौटीमा छाड्न उच्च अदालत वीरगञ्जको आदेश
मेयरकाे घर तोडफोड प्रकरण : पुर्पक्षमा रहेका रंजन कुमार सिंह र अबु अयुब हुसेनलाई जनही २ लाख धरौटीमा छाड्न उच्च अदालत वीरगञ्जको आदेश वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित)
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
एनपीएल फाइनलको टिकट बिक्री खुल्नुअघि नै ‘सोल्ड आउट’, दर्शक असन्तुष्ट
एनपीएल फाइनलको टिकट बिक्री खुल्नुअघि नै ‘सोल्ड आउट’, दर्शक असन्तुष्ट वीरगंज सिटी
एन्फामाथिको निलम्बन र आर्थिक प्रतिबन्ध फुकुवा
एन्फामाथिको निलम्बन र आर्थिक प्रतिबन्ध फुकुवा वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP