शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • ८५ वर्षपछि लालपुर्जा पाउने आशामा राजविराजवासी, ५ हजारभन्दा बढी परिवारलाई खुल्यो बाटो
८५ वर्षपछि लालपुर्जा पाउने आशामा राजविराजवासी, ५ हजारभन्दा बढी परिवारलाई खुल्यो बाटो
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, मंसिर ७, २०८३
A1 Beakery Add A1 Beakery Add

सप्तरी । करिब ८५ वर्षदेखि बिटौरी जग्गाको रसिद काट्दै आए पनि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउन नसकेका सप्तरीको राजविराजवासीमा अब जग्गाको कानुनी स्वामित्व प्राप्त गर्ने आशा पलाएको छ । सरकारले बिटौरी जग्गा दर्ताको प्रक्रिया अघि बढाएपछि पुस्तौँदेखि लालपुर्जाको प्रतीक्षामा रहेका हजारौँ परिवारमा खुसी छाएको हो ।

राजविराज नगरपालिकामा एक हजार ७२८ घरपरिवारले लामो समयदेखि बिटौरी जग्गाको रसिद काट्दै आएको तथ्याङ्क छ। पुस्तौँदेखि अंशबन्डा हुँदै जाँदा अहिले पाँच हजार दुई सयभन्दा बढी परिवार लालपुर्जाको प्रतीक्षामा रहेको जनाइएको छ।

वर्षौँदेखि घर निर्माण गरी बसोवास गर्दै आएका तथा स्थानीय तहलाई नियमित रूपमा बिटौरी कर र राजस्व बुझाउँदै आएका नागरिकले जग्गाको कानुनी स्वामित्व नपाउँदा विभिन्न समस्या भोग्दै आएका छन् ।

नेपाल सरकारको प्रतिबद्धताअनुसार भूमि प्रशासन कार्यालय राजविराजले शुक्रबार बिटौरी जग्गा दर्ताका लागि सूचना प्रकाशित गरेपछि लालपुर्जा प्राप्त गर्ने प्रक्रिया अघि बढेको हो । कार्यालयले सम्बन्धित जग्गावालालाई आवश्यक प्रमाण तथा कागजातसहित ३५ दिनभित्र निवेदन पेस गर्न आग्रह गरेको छ ।
सरकारी प्रतिबद्धता कार्यान्वयनमा
सरकारले गत असोज २३ गते प्रकाशित गरेको ‘बिटौरी जग्गामा बसोवास गरी आएका व्यक्तिहरूको नाममा बिटौरी जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३’ अनुसार भूमि प्रशासन कार्यालय राजविराज, सप्तरी बिटौरी जग्गा दर्ता समितिले प्रक्रिया अघि बढाएको हो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

मालपोत ऐन, २०३४ को दफा ७ को उपदफा (१ क) बमोजिम गठित समितिले बिटौरी जग्गा दर्तासम्बन्धी समस्या समाधान गरी आवश्यक निर्णय गर्ने व्यवस्था छ ।

बिटौरी जग्गा दर्ता समितिका सदस्यसचिव किशोरकुमार रामले सूचना प्रकाशित गरेपछि राजविराजवासीको लालपुर्जा प्राप्तिका लागि संघर्षरत जनआन्दोलन परिचालन समितिले सरकारी कदमको स्वागत गरेको छ। समितिले वास्तविक जग्गाधनीले सहज रूपमा लालपुर्जा पाउने व्यवस्था मिलाउन मागसमेत गरेको छ ।

समितिका संयोजक खेलानन्दकुमार दासले सरकारले लामो समयदेखिको समस्या समाधान गर्ने दिशामा प्रक्रिया अघि बढाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले वास्तविक जग्गाधनीले सहज र झन्झटरहित रूपमा लालपुर्जा प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो ।

समितिका सदस्य घनश्याम दास, वीरेन्द्र साह, अमृत सञ्चेती, मनोज साह, मोहम्मद मन्सुर रजा, सन्तोष साह र इन्द्रसागर गुप्तालगायतले पनि सरकारी निर्णयले पुस्तौँदेखिको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँहरूले प्रक्रिया बीचमै नरोकिने गरी काम अघि बढाउन सरकारसँग आग्रह गर्नुभएको छ ।
३५ दिनभित्र कागजात जुटाउन चुनौती
लालपुर्जा प्राप्तिको प्रक्रिया सुरु भए पनि आवश्यक कागजात जुटाउनु पाँच हजारभन्दा बढी परिवारका लागि चुनौतीपूर्ण देखिएको छ ।

भूमि प्रशासन कार्यालयले निवेदनसँगै नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाको नक्सा वा नक्सा ट्रेसको प्रमाणित प्रतिलिपि, क्षेत्रीय किताब (फिल्डबुक) को प्रमाणित प्रतिलिपि, स्थानीय तहबाट प्राप्त बिटौरी रसिदको प्रमाणित प्रतिलिपि, भोगचलन तथा तत्कालीन बसोवास पुष्टि हुने किटानी सिफारिस, नक्सापास र निर्माण सम्पन्न प्रतिवेदनलगायत कागजात माग गरेको छ ।

यीमध्ये नागरिकता, बिटौरी रसिद, अदालतको मिलापत्र तथा बैंक तथा वित्तीय संस्थाको लिलामसम्बन्धी कागजात सम्बन्धित व्यक्तिले उपलब्ध गराउन सक्ने भए पनि नक्सा, फिल्डबुक, स्थानीय तहको सिफारिस र पुराना लिखत विभिन्न सरकारी निकायमा रहेका अभिलेखबाट संकलन गर्नुपर्ने अवस्था छ ।

यसै विषयलाई लिएर आन्दोलन परिचालन समितिले भूमि प्रशासन कार्यालय राजविराजका प्रमुखसमक्ष ज्ञापनपत्र बुझाएको छ । समितिले पाँच हजारभन्दा बढी परिवारले ३५ दिनभित्र विभिन्न सरकारी कार्यालय धाएर आवश्यक कागजात संकलन गर्नु व्यावहारिक नभएको जनाएको छ ।
सरकारी निकायबाटै कागजात जुटाउन माग
समितिले प्रत्येक परिवारलाई छुट्टाछुट्टै कार्यालय धाउनुपर्ने अवस्था सिर्जना गर्दा नागरिकलाई अनावश्यक आर्थिक भार र प्रशासनिक झन्झट पर्ने तथा कार्यालयमा भीड बढ्ने र बिचौलियाको चलखेल हुन सक्ने जोखिम औँल्याएको छ ।

समितिले नापी कार्यालय तथा अन्य सम्बन्धित सरकारी निकायमा रहेका जग्गाको नक्सा, नक्सा ट्रेस, फिल्डबुक र अन्य अभिलेख भूमि प्रशासन कार्यालयकै पहलमा सामूहिक रूपमा झिकाउने व्यवस्था गर्न माग गरेको छ ।

त्यस्तै, राजविराज नगरपालिकाबाट प्राप्त गर्नुपर्ने भोगचलन विवरण, किटानी सिफारिस, नक्सापास तथा निर्माण सम्पन्नसम्बन्धी अभिलेख पनि संस्थागत समन्वयमार्फत उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।

नागरिकलाई अनावश्यक शुल्क र बिचौलियाको आर्थिक शोषणबाट जोगाउन प्रक्रिया पारदर्शी, सरल र सम्भव भएसम्म निःशुल्क बनाउन समितिले आग्रह गरेको छ। तोकिएको समयभित्र सबै कागजात संकलन गर्न कठिनाइ हुने भएकाले आवश्यकताअनुसार समयसीमा थप गर्नसमेत माग गरिएको छ ।
निवेदन दर्ताका लागि छुट्टै डेस्क
भूमि प्रशासन कार्यालय सप्तरी, बिटौरी जग्गा दर्ता समितिका सदस्यसचिव किशोरकुमार रामका अनुसार संघर्ष समितिले बुझाएको ज्ञापनपत्र शुक्रबार नै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ । मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार थप प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।

निवेदन दर्ताका लागि तीन जना कर्मचारीसहित छुट्टै डेस्क स्थापना गर्ने तयारीसमेत गरिएको छ । त्यसका लागि नापी कार्यालय, राजविराज नगरपालिका र भूमि प्रशासन कार्यालयबाट एक–एक जना कर्मचारी उपलब्ध गराइदिन पत्राचार गरिएको सदस्यसचिव रामले जानकारी दिनुभयो ।

त्यसैगरी, राजविराज नगरपालिकासँग कम्प्युटर सेट र दराजसमेत माग गरिएको छ ।

“कर्मचारी र भौतिक व्यवस्थापन भएमा आउँदो सोमबारबाट निवेदन दर्ता सुरु गर्छौँ,” सदस्यसचिव रामले भन्नुभयो ।
लालपुर्जा प्राप्त गर्न १० प्रतिशत राजस्व
बिटौरी जग्गाको लालपुर्जा प्राप्त गर्न जग्गाको मूल्याङ्कन गरिएको रकमको १० प्रतिशत राजस्व बुझाउनुपर्ने व्यवस्था रहेको सदस्यसचिव रामले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्राप्त निवेदन र पेस गरिएका कागजातको आवश्यक छानबिनपछि लालपुर्जा दिन मिल्ने ठहर भएमा भूमि व्यवस्था कार्यालयले मूल्याङ्कन गरी सार्वजनिक गरेको जग्गाको मूल्यको १० प्रतिशत रकम राजस्वका रूपमा बुझाउनुपर्नेछ ।

अनुमानअनुसार सप्तरीको राजविराज नगरपालिकामा मात्रै ६८ बिघा बिटौरी जग्गा रहेको छ । त्यस्तै, हनुमाननगर कंकालिनी नगरपालिकामा दुई बिघासहित बोदेबर्साइन नगरपालिका, शम्भुनाथ नगरपालिकालगायतका पालिकामा समेत बिटौरी जग्गा रहेको र जिल्लाभर यसको क्षेत्रफल करिब एक सय बिघा पुग्ने अनुमान गरिएको छ ।

करिब ८५ वर्षदेखि जग्गाको स्वामित्वको प्रतीक्षामा रहेका राजविराजवासीका लागि दर्ता प्रक्रिया सुरु हुनु महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । तर, पाँच हजारभन्दा बढी परिवारले समयमै आवश्यक कागजात जुटाउन सक्ने अवस्था र सरकारी निकायले प्रक्रिया कति सहज बनाउँछन् भन्ने विषयले नै लालपुर्जा प्राप्तिको अभियानको प्रभावकारिता निर्धारण गर्नेछ ।

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  ०६:००
#सप्तरी #राजविराज #मालपोत कार्यालय #भूमि व्यवस्था मन्त्रालय #लालपुर्जा #जग्गाधनी प्रमाणपुर्जा #बिटौरी जग्गा #जग्गा दर्ता प्रक्रिया #भूमि प्रशासन कार्यालय राजविराज #बिटौरी जग्गा दर्ता समिति #खेलानन्दकुमार दास
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मधेश सरकार गठनमा एमालेको रणनीति उल्टियो, जसपा नेतृत्वमा सरकार; विश्वासको मत पाउनेमा अन्योल
मधेश सरकार गठनमा एमालेको रणनीति उल्टियो, जसपा नेतृत्वमा सरकार; विश्वासको मत पाउनेमा अन्योल सोमबार, मंसिर ७, २०८३
मालपोत कार्यालय राजविराजको अतिक्रमित संरचना हटाइयो, फुटपाथ खाली गराउने अभियान पनि तीव्र
मालपोत कार्यालय राजविराजको अतिक्रमित संरचना हटाइयो, फुटपाथ खाली गराउने अभियान पनि तीव्र आइतबार, मंसिर ६, २०८३
बारामा भारतीय नम्बरको मोटरसाइकलको ठक्करबाट युवकको ज्यान गयो
बारामा भारतीय नम्बरको मोटरसाइकलको ठक्करबाट युवकको ज्यान गयो आइतबार, मंसिर ६, २०८३
मुख्यमन्त्री यादवको पहिलो निर्णय : मधेशभर एकीकृत रोजगार कार्यक्रम लागू हुने
मुख्यमन्त्री यादवको पहिलो निर्णय : मधेशभर एकीकृत रोजगार कार्यक्रम लागू हुने आइतबार, मंसिर ६, २०८३
सप्तरीमा जंगली हात्तीको आतंक : ड्रोनबाट निगरानी, जोखिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह
सप्तरीमा जंगली हात्तीको आतंक : ड्रोनबाट निगरानी, जोखिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह आइतबार, मंसिर ६, २०८३
धनुषामा हतियार बोकेर हिँडिरहेकी महिला पक्राउ, कटुवा पेस्तोल र गोली बरामद
धनुषामा हतियार बोकेर हिँडिरहेकी महिला पक्राउ, कटुवा पेस्तोल र गोली बरामद आइतबार, मंसिर ६, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य वीरगंज सिटी
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा लामखुट्टेको आतंक : औषधि छर्किन महानगरपालिकाले बेवास्ता गरेको स्थानीयको आरोप
वीरगंजमा लामखुट्टेको आतंक : औषधि छर्किन महानगरपालिकाले बेवास्ता गरेको स्थानीयको आरोप वीरगंज सिटी
सात वनदेवी स्थलमा ऐतिहासिक धार्मिक मेला लाग्दै, तयारी अन्तिम चरणमा
सात वनदेवी स्थलमा ऐतिहासिक धार्मिक मेला लाग्दै, तयारी अन्तिम चरणमा वीरगंज सिटी
पर्सा मिलन केन्द्रकाे २५औँ वार्षिकउत्सव समारोह सम्पन्न,  विभिन्न सात विधाका व्यक्तित्व सम्मानित
पर्सा मिलन केन्द्रकाे २५औँ वार्षिकउत्सव समारोह सम्पन्न, विभिन्न सात विधाका व्यक्तित्व सम्मानित वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण वीरगंज सिटी
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP