सर्लाहीको बरहथवास्थित श्री चक्र जनता शहीद गंगा माध्यमिक विद्यालयका शिक्षक पवन कुमार बुढाथोकीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, बुढाथोकीले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको नक्कली लब्धाङ्क पत्र पेश गरी राष्ट्रसेवकको लाभ लिएको पाइएकाले उनीविरुद्ध कानुनी कारबाही अघि बढाइएको हो । बुढाथोकीले रौतहटको महेन्द्र माध्यमिक विद्यालय चन्द्रपुरमा निम्न माध्यमिक शिक्षक तृतीय पदका लागि झुटो प्रमाणपत्र पेश गरी नियुक्ति लिएको अनुसन्धानबाट खुलेको छ ।
अख्तियारका अनुसार, प्रमाणपत्र नक्कली रहेको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०१७ र हालको भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद तथा जरिवानाको माग गर्दै मुद्दा दर्ता गरिएको छ ।
अख्तियारले बुढाथोकीले नक्कली प्रमाणपत्रको आधारमा शिक्षक पद प्राप्त गरी सरकारी सेवा सुविधा लिएको ठहर छ ।