पर्सा | नेकपा (माओवादी केन्द्र) द्वारा मधेश जागरण अभियान अन्तर्गत पर्सामा जनसंवाद कार्यक्रम अयोजना हुन लागेको छ ।
मधेशमा पार्टीलाई पुनः सशक्त बनाउने रणनीतिकका रुपमा नेकपा (माओवादी केन्द्र) द्वारा आयोजित हुलाकी राजमार्ग केन्द्रित मधेश जागरण अभियान हुन लागेको हो ।
अभियान अन्तर्गत भोलि पर्सामा विहानदेखी दिनभर विभिन्न कार्यक्रम हुने माओवादीले जनाएको छ ।
पर्सा जिल्लामा विहानैदेखी प्रभातफेरी देखी जनसंवाद तथा पार्टी अभिमुखीकरण कार्यक्रम आयोजना गरिँदैछ ।
चैत ८ गते बिहान ५ः३० बजे प्रभातफेरी, त्यसपछि बिहान ६:३० बजे विचार गोष्ठी हुनेछ । बिहान ९:०० बजे विभिन्न समूहगत छलफल तथा अन्तरक्रिया कार्यक्रम त्यसैगरी बिहान ११ः३० बजे पत्रकार सम्मेलनको आयोजना त्यस्तै कार्यक्रमको क्रममा बहुआयामिक प्रस्तुति, संगठनात्मक छलफल तथा समूहगत समीक्षा गरिने माओवादीले जनाएको छ ।
कार्यक्रमको क्रममा दिउँसो १ः३० बजे जनसंवाद कार्यक्रम सञ्चालन, कार्यक्रमको अन्त्यमा साँझ ३ः३० बजे पार्टी नेतृत्वको समीक्षा बैठक सहित कार्यक्रम समपन्न हुने माओवादीले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) का नेताहरूका अनुसार अभियान मधेशमा पार्टीलाई पुनः सशक्त बनाउने रणनीतिकका रुपमा अगाडि बढाइएको जनाएको छ ।