लागू औषध सहित एक जना पक्राउ परेका छन् ।
सर्लाही जिल्लाको लालबन्दी नगरपालिका-२ स्थितबाट ठूलो परिमाणमा लागू औषध ओनेरेक्स (ONEREX) १०० एमएलको ६५ बोतल र स्पास्मो-प्रोक्सिभन प्लस (SPASMO-PROXYVON PLUS) का १८ पत्ता (१४४ ट्याबलेट) सहित एक जना पक्राउ परेका हुन् ।
महोतरीको सोना गाउँपालिका-२ निवासी ३५ वर्षीय राम पुजन साहलाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । लागू औषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको टोलीले उक्त लागू औषध बरामद गरेको हो ।
बर्दिबासबाट डुमरीतर्फ जाँदै गरेको ज १२ प ६६२९ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा निजको साथबाट ठूलो परिमाणमा लागू औषध फेला परेको प्रहरीले जनाएको छ ।
हाल घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।