काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राजा फर्काउन लागि परेको राप्रपा पनि पछुताउने दावी गरेका छन् । उनले संवैधानिक राजा हुने संभावना नरहेको बताएका हुन् ।
आज पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर आउन चुनौति दिए । ‘ज्ञानेन्द्र संवैधानिक राजा हुन सक्दैनन् । पछि राप्रपा पनि पछुताउँछ । त्यसकारण राप्रपाले पार्टी सभापति बनाए हुन्छ ।’ उनले भने, ‘पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो । तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन्। राप्रपाले पनि दुख पाउँछन्। त्यसकारण यो संवैधानिक राजा फर्किनेवाला छैन ।’