जनकपुरधाम । महायज्ञका नाममा दलित परिवारको घर भत्काएको आरोपमा पक्राउ परेका सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नं. ५ का पूर्ववडाध्यक्षलाई पाँच दिन थुनामा राख्न म्याद थप गरिएको छ ।
सिरहा जिल्ला अदालतको आदेशअनुसार अनुसन्धानका लागि उनीहरूलाई थप पाँच दिन हिरासतमा राखिने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
गत शुक्रबार माटोसहित घर भत्काइएको समाचार सार्वजनिक भएपछि प्रहरीले यादव र पूर्ववडाध्यक्षलाई पक्राउ गरेको थियो । पीडित दिपक मरिकले जातीय भेदभाव तथा छुवाछुत कसुरमा जाहेरी दर्ता गराएका छन् ।