वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा शेखर कोइराला पक्षधर राजकुमार यादव विजयी भएका छन् ।
बिहीबार सम्पन्न मतगणनामा यादवले १,११५ मत ल्याउँदै निकटतम प्रतिस्पर्धी विकास मण्डल धानुकलाई पराजित गरे । धानुकले ६५३ मत प्राप्त गरेका थिए । सभापतिसँगै यादव प्यानलकै मन्दिरा चौधरी सचिवमा ६७२ मतसहित विजयी भइन् भने कोषाध्यक्षमा अंकित पटेल ८२२ मत प्राप्त गर्दै निर्वाचित भए ।
शेखर कोइराला समूहको समर्थनमा चुनाव लडेका यादवलाई अजय द्विवेदी, श्याम पटेललगायत कांग्रेस नेता र नेविसंघका पूर्व पदाधिकारीहरूले सहयोग गरेका थिए ।