विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पूर्व राष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किने कार्य उपयुक्त नभएको बताएका छन् ।
मंगलबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपति वा उपराष्ट्रपतिको पद सक्रिय राजनीति भन्दा बाहिर हुने भएकाले यसलाई सम्मान गर्नुपर्ने समेत बताए । पूर्वराष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किए राज्यले दिने सुविधा कटौती गर्नुपर्ने उनले बताए । उनले राष्ट्रपति भएपछि राजनीतिबाट विदा हुनुपर्ने भएकाले आफुले यसअघि सो पद स्वीकार नगरेको जिकिर गरे ।
उनले भारतले राजसंस्था पुनस्र्थापनामा आफ्नो कुनै संलग्नता नभएको बताएको उल्लेख गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीले पनि खण्डन गर्नुपर्ने बताए । अध्यक्ष नेपालले हराएर गएको राजतन्त्र कुनै हालतमा नफर्किने भन्दै राणा शासन पनि फर्किन्छ र ? भन्दै प्रश्न गरे ।
अध्यक्ष नेपालले विगत १० वर्षको संविधान कार्यान्वयनको समिक्षा गर्दै आवश्यक संसोधन गर्दा उपयुक्त हुने समेत उल्लेख गरे ।