सप्तरी प्रहरीले लामो समयदेखि फरार रहेका एक लेनदेन मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महादेवा गाउँपालिका - ३ साविक गाढा गाविस वडा नं. ५ - निवासी चन्देश्वर खंग रहेका छन् । सप्तरी जिल्ला अदालतले लेनदेनसम्बन्धी मुद्दामा ६ महिनाको कैद सजाय तोकेको खंग फरार रहँदै आएका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीको सक्रिय टोलीले खोजतलासको क्रममा उनलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदय कुमार राईका अनुसार, खंगलाई पक्राउ गरी बुधबार सप्तरी जिल्ला अदालत राजविराजमा पेश गरिएको छ ।
उनलाई अदालतको आदेश अनुसार सजाय कार्यान्वयन प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।