धनुषा जिल्लाको ढल्केबरमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा (बुधबार) बिहान अचानक भीषण आगलागी हुँदा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
आगलागीका कारण धनुषा, महोत्तरी र सर्लाही जिल्लाका विभिन्न क्षेत्र मारमा परेका छन् । नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेशका प्रमुख इञ्जिनियर शम्भुकुसियैत यादवका अनुसार ढल्केबर ग्रिडको सिन्धुलीतर्फ जाने प्रसारण लाइनमा सिटी पड्किएपछि आगलागी सुरु भएको हो ।
आगोले सबस्टेसनका प्रमुख उपकरणहरू—ट्रान्सफर्मर, ब्रेकर, केबुल, स्विच गियर लगायतका अत्यावश्यक पार्टपुर्जा जलेर नष्ट भएको कार्यालयले जनाएको छ ।
विद्युत प्राधिकरणको प्राविधिक टोली अहिले घटनास्थल मै खटिएर क्षति मूल्याङ्कन तथा मर्मतको कार्यमा जुटिरहेको छ । यादवले भने, आगलागी निकै भयावह थियो, तर तुरुन्तै दमकलको सहयोगमा नियन्त्रणमा ल्याइयो । अहिले नयाँ ट्रान्सफर्मर जडान तथा अन्य मर्मत कार्य भइरहेको छ ।