वीरगंज | पर्साको परवानीपुरमा ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मंगलबार दिउँसो वीरगंज महानगरपालिका–२१ मा ना ६ ख ७६०९ नम्बरको ट्रकले मधेस प्रदेश २–०३–०२१ प ६३०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा परवानीपुर निवासी चालक प्रदीप गुप्ताको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा सोही ट्रकले मधेस प्रदेश ०३–००१ द ००५१ नम्बरको ट्रयाक्टरलाई समेत ठक्कर दिएको थियो ।
दुर्घटनामा संलग्न ट्रकलाई परवानीपुर प्रहरी चौकीमा राखिएको छ भने मृतक गुप्ताको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको पर्सा जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।