वीरगंज । वीरगंजबाट सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ मूल्यको अवैध औषधि बरामद गरेको छ ।
भारतबाट अटोमार्फत तस्करी गरेर ल्याइँदै गरिएको न्युट्रिक्योर क्याप्सुल ४८० डब्बा वीरगंज महानगरपालिका–२४ रामगढवास्थित सडकबाट बरामद गरिएको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहका अनुसार औषधिसहित ना २ स १०१७ नम्बरको अटो र त्यसका चालक वीरगंज–२५ सिर्सियाका ३६ वर्षीय अमृत साह कानुलाई नियन्त्रणमा लिइएको छ ।
साथै, औषधि तस्करीमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटका दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।
बरामद औषधिको मूल्य ९ लाख ६० हजार रुपैयाँ र सवारी साधनको मूल्य ६ लाख रुपैयाँ गरी कूल १५ लाख ६० हजार रुपैयाँ बराबरको मूल्यांकन गरिएको छ । पक्राउ परेका चालकलाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।