काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीको रूपमा उल्लेख गरे ।
सरकार परिवर्तनको चर्चा चलिरहेका बेला सञ्चारकर्मीहरूले राखेका जिज्ञासामा ओलीले भने, "अब १४ महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ ।"
यसबीच, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय दलको बैठकमा कांग्रेस सभापति देउवा थाइल्याण्डबाट फर्किएपछि गठबन्धनबारे छलफल गर्ने जानकारी दिएका थिए । देउवा शुक्रबार थाइल्याण्ड भ्रमणबाट फर्किएलगत्तै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गठबन्धन सरकारले आफ्नो समयावधि पूरा गर्ने बताएका छन् ।