काठमाडौँ | नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकार र गठबन्धनमा कुनै समस्या नआएको स्पष्ट पारेका छन् । उनले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार ढल्ने भ्रम फैलाइरहेको टिप्पणी गरेका छन् ।
बर्तौलाले भने, “प्रचण्ड फण्डाबाहेक काँग्रेस र एमाले बीचको सत्ता सहयात्रामा कुनै समस्या छैन। उहाँले भ्रम र भय सिर्जना गर्नको लागि यस्तो परिप्रेक्ष्य सिर्जना गर्नुभएको हो ।”
यसैगरी, बर्तौलाले आगामी २०८४ सम्म काँग्रेससँग सत्ता सहयात्रामा अगाडि बढ्ने दाबी गरेका छन्। उनले थप भने, “हामी २०८४ सम्म एकल बहुमतको लागि कुर्ने छौं र त्यतिबेला सम्म काँग्रेससँगको सहयात्रा जारी रहनेछ ।”
बर्तौलाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सरकारको स्थिति बारे भ्रम नफैलाउन आग्रह गरे। उनले प्रचण्डको भ्रम सिर्जना गर्ने प्रयासको आलोचना गरे ।