सप्तरी । पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि सोधपुछमा परेकी जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवलाई प्रहरीले कागजी प्रक्रिया पूरा गरेर छाडेको छ ।
सप्तरी जिल्ला प्रहरी कार्यालयले यादवलाई सोधपुछका लागि बोलाएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा उनले चलाएको पेस्तोल ‘ब्ल्याङ्क’ (बारुद मात्र पड्किने) भएको पुष्टि भएपछि उनलाई छाडिएको हो ।
घटना सर्लाहीको मलंगवा नगरपालिका–५ स्थित भाँड्चौरमा भएको खुलेको छ । वैशाख ११ गते मलंगवा–२ निवासी अञ्जनी कुमारको घरमा आयोजित विवाहअघि हल्दी–मेहेन्दी समारोहमा यादवले पेस्तोल पड्काएकी थिइन् ।
उनकै बयानका आधारमा सर्लाही प्रहरीले घटनास्थलबाट प्रयोग भएको पेस्तोल बरामद गरेको थियो । भिडिओ सार्वजनिक भएपछि सार्वजनिक सुरक्षा र कानुनी सवालमा चासो बढेको थियो ।