काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमलाई "थाकेको, अल्छी र बासी" भन्दै कडा आलोचना गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रमप्रति टिप्पणी गर्दै डा. वाग्लेले फेल भइसकेका पुरानै कार्यक्रमहरू दोहोर्याइएको आरोप लगाए ।
"थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम हो," वाग्लेले भने, "सबै फेल भइसकेका कार्यक्रमहरू दोहोर्याइएको छ । नयाँ कुरा केही पनि छैन ।"
अहिले त हावादारी कार्यक्रममा पनि कल्पनाशीलता देखिएन । अहिले एकदम उथलपुथल भइराखेको छ । तर प्रशान्त महासागरको टापुजस्तो केही थाहा नभएको निरपेक्ष नीति तथा कार्यक्रम आएको छ ।
त्यस्तै, उनले अघिल्लो वर्ष राष्ट्रपतिलाई धेरै बुँदाहरू पढ्नुपर्ने पीडा दिइएको भन्दै यसपटक स्वास्थ्यलाई ध्यानमा राख्दै छोटो कार्यक्रम ल्याइएको बताए ।