सिरहा | सिरहाको गोलबजार नगरपालिका–१० डण्डास्थित आँपगाछी क्षेत्रमा प्रहरीले दुई थान भरुवा बन्दुक फेला पारेको छ । बन्दुक पड्किएको सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्द साहका अनुसार बन्दुक पड्काउने व्यक्ति प्रहरी टोली आउँदै गरेको थाहा पाएपछि फरार भएका छन् ।
प्रहरीका अनुसार ती व्यक्ति सो क्षेत्रमा सिकार खेल्न गएका थिए । हाल उनीहरूको खोजी भइरहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।