काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताएका छन् । शुक्रबार बिहान बूढानीलकण्ठस्थित आफ्नै निवासमा बसेको पार्टी पदाधिकारी बैठकमा नेताहरूले गभर्नर नियुक्ति ढिलाइबारे चासो राखेपछि सभापति देउवाले चाँडै टुंगोमा पुग्ने प्रतिक्रिया दिएका हुन् ।
सभापति देउवाले पेशेवर र व्यवसायिक व्यक्तिको हातमा राष्ट्र बैंकको नेतृत्व जानुपर्ने उल्लेख गर्दै, सहमतिबाट छिट्टै निर्णय हुने बताएका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेस र एमालेबीच सहमति नहुनु नियुक्ति प्रक्रिया ढिलाइको मुख्य कारण बनेको जनाइएको छ । त्यसैगरी संवैधानिक निकायमा पदपूर्ति, टीआरसीको संरचना निर्माण र शिक्षा विधेयकबारे पनि बैठकमा छलफल भएको महतले जानकारी दिएका छन् ।