जाजरकोट । जाजरकोट कारागारमा एक जना थुनुवा मृत फेला परेका छन् । जाजरकोटको भेरी नगरपालिका–१० का २६ वर्षीय दीपक बुढा कारागारभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनी आज बिहान मृत भेटिएका हुन् । उनी जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका थिए । उनीविरुद्धको मुद्दाको फैसला भईसकेको छैन ।