राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ ।
बैठकमा पार्टी सभापति रवि लामिछानेमाथि लगाइएको प्रतिशोधपूर्ण झुठा मुद्दाको आगामी कानुनी प्रक्रिया, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता, पार्टीको आगामी कार्यदिशा, महाधिवेशनका लागि लक्षित क्यालेन्डर तथा तेस्रो स्थापना दिवसको कार्यक्रमसम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।