“चालक म” भन्ने मूल नारासहित वीरगंजमा ट्राफिक सचेतना अभियन सञ्चालन गरिएको छ ।
अभियान अन्तर्गत शहरका विभिन्न स्थानमा सवारी साधनहरूमा ट्राफिक नियमको महत्त्व दर्शाउने स्टिकरहरू टाँस गरिएको हो । सडक सुरक्षाका मापदण्डहरू प्रभावकारी रूपमा कार्यान्वयन गराउने र चालकहरूमा ट्राफिक नियमको प्रति जिम्मेवारीको भावना विकास गराउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पर्सा ट्राफिक प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टका अनुसार, "जिम्मेवार चालक म" भन्ने नाराले चालकहरूमा सचेतना फैलाउने र सडक दुर्घटना न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ ।
अभियानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोट्रयाक्ट क्लब अफ वीरगंजका पदाधिकारी तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो । उनीहरूले मुख्य चोक, व्यस्त सडक, सार्वजनिक र निजी सवारी साधनहरूमा स्टिकर टाँस गर्दै सडक सुरक्षा सन्देश फैलाएका थिए ।