सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताका छोरा रवि गुप्ता राष्ट्रिय युवा संघ नेपाल (नेकपा एमाले निकट) को केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
पछिल्लो समय मन्त्री गुप्ताकाे सचिवालयमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका रवि गुप्ता अब औपचारिक रूपमा पार्टी निकट युवा संगठनको नेतृत्व तहमा प्रवेश गरेका हुन् । रवि गुप्ता वीरगञ्जका युवा सामाजिक अभियन्ता हुन् । उनले राजनीतिक र सामाजिक क्रियाकलापमा सक्रिय सहभागिता जनाउँदै आएका छन् ।
हालै सम्पन्न राष्ट्रिय यूवा संघ नेपालको केन्द्रीय कमिटी पुनर्गठनका क्रममा उनी निर्विरोध निर्वाचित भएका हुन् । गुप्ताको सक्रियता, संगठनप्रतिको निष्ठा र मन्त्री बाबुसँगको राजनीतिक सम्बन्धले पनि केन्द्रीय तहको नेतृत्वमा पुग्न सहज बनाएको हो ।
युवा सशक्तिकरण, शिक्षा तथा स्वरोजगार कार्यक्रमहरूमा रुचि राख्ने रविले युवा नेतृत्वमा नयाँ सोच र कार्यशैली ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । ”
राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी हाल १५१ सदस्यीय छ, जसमा नयाँ पुस्ताका युवाहरूलाई प्राथमिकता दिइएको एमालेकाे दाबी छ ।